टिभिएसले अपाचे आरटीआर १६० फोर भी सार्वजनिक गरेको छ । यसअघि सिंगल डिस्क र डबल डिस्क भेरियन्टमा बिक्री यो मोटरबाइकमा स्मार्ट कनेक्ट र एबीएस फिचर थप भएको छ ।
योसँगै विभिन्न ५ भेरियन्टमा अपाचे आरटीआर १६० फोर भी ग्राहकले किन्न सक्ने कम्पनीले बताएको छ । १६० फोर भीमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ ।
यसमा रहेको इन्जिनले १६.५ पीएस पावर ८ हजार आरपीएममा र १४.८ एनएम टर्क ६५ सय आरपीएममा उत्पादन गर्छ । पावर राइडिङको लागि सुपर स्लिक मेटेड ५ स्पीड गियरबक्स रहेको छ । यसमा टप स्पीड ११३ किलोमिटर प्रति घण्टा रहेको छ ।
स्मार्ट कनेक्ट फिचर
चालकले आफ्नो मोवाइलमा एप मार्फत मोटरसाइकलको कन्सोलसँग कनेक्ट गर्नसक्ने छन् । यसमा एलसीडी डिस्प्ले प्रयोग भएकाले मोवाइलमा हुने कल तथा एसएमएस गतिविधि हेर्न सकिन्छ । कन्सोलमा रहेको ओडो मिटरमा ट्रिप १ र ट्रिप २ मिटर मोड उपलब्ध रहने छ । त्यस्तै यसमा टाइम ल्याप मिटर पनि रहेको ।
यो विशेषत रेसिङ ट्रयाकमा प्रयोग हुने फिचर रहेको कम्पनीले बताएको छ । यसमा ०–६० रेकर्ड इन्डिकेटर दिएको छ । उक्त इन्डिकेटरले ० देखि ६० को स्पीड कति समयमा पुग्यो भन्ने रेकर्ड गर्छ । त्यसैगरी गियर इन्डिकेटर, लो फ्युल वार्निङ, क्लक, आरपीएम अर्लट, एबीएस इन्डिकेटर जस्ता फिचर रहेको छ ।
यसमा लिन एंगल, ट्रिप मोड, सर्ट राइड मोड, टर्न वाइ टर्न नेभिगेशन, कल अर्लट मोड उपलब्ध रहेको छ । लिन एंगल फिचर मोटरसाइकल चलाउँदा कति डिग्रिमा मोटरसाइकल लिन भयो, कति आरपीएमा गियर चेन्ज भयो जस्ता रेकर्ड हेर्न सकिन्छ ।
यसमा रहेको ट्रिप मोडले चालकले लामो यात्रा गर्दा पार गरेको दुरी, प्रयोग गरेको रुट लगायतका धेरै सूचना राख्छ । कम्पनीले यसमा ‘कि फिचर’को रुपमा क्रयास अर्लट फिचर दिएको छ ।
कुनै पनि अबस्थामा मोटरसाइकल दुर्घटनमा पर्दा उक्त फिचर मार्फत लोकेशनसहितको दुर्घटनाको सूचना अर्को राइडरलाई नोटिफिकेशन जान्छ ।
साथै नजिकको अस्पतालको लोकेशन समेत यसमा देखिने छ । यो मोटरसाइकलको ह्यान्डलबारको वाँयातर्फको टर्न इन्डिकेटरसँगै नयाँ आइ साइन इन्डिकेटर दिइएको छ । यात्राको क्रममा बाटोमा फ्युल सकिएमा उक्त बटन दवाएर नजिक रहेको पेट्रोल पम्पको लोकेशन पाउन सकिन्छ ।
यस्तो छ मूल्य
यसअघि बिक्री हुँदै आएको सिंगल डिस्क भेरियन्टको मूल्य २ लाख ७२ हजार ९०० रुपैयाँ रहेको थियो । नयाँ आरटीआर १६० फोर भिको मूल्य ३ लाख ५ हजार ९०० रुपैयाँ कायम गरिएको छ ।
नयाँ सार्वजनिक भएको कनेक्ट फिचर मात्र उपलब्ध मोटरसाइकलको मूल्य २ लाख ९४ हजार ९०० रुपैयाँ र सिंगल डिस्क कनेक्ट फिचरसहितको मूल्य २ लाख ७४ हजार ९०० रुपैयाँ रहेको छ । यसअघि बिक्री हुँदै आएको डबल डिस्क भेरियन्टको मूल्य भने २ लाख ९० हजार ९०० रुपैयाँ तोकिएको छ ।
जगदम्बा मोटर्स प्रालिको देशभर रहेका १०० भन्दा बढी सेल्स, सर्भिस र स्पेर्यर पार्टसको सेवा दिने सेन्टरहरुबाट नयाँ मोटरसाइकल सोमबार दिउँसोबाट बिक्रीको लागि राखिएको कम्पनीले बताएको छ । विभिन्न ५ भेरियन्टमा उपलब्ध यी मोटरसाइकल ग्राहकले देशको कुनैपनि क्षेत्रबाट खरिद गर्नसक्ने बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्