मधुर पौडेल । बर्दिया ।
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि विभिन्न माग राख्दै अनसनमा बसेका डा. गोविन्द केसीको समर्थनमा बर्दियाको बाँसगढीमा प्रदर्शन गरिएको छ ।
बाँसगढीका समाजसेवी, युवा, व्यापारी लगायतहरुले डा. केसीको मागको यथाशिघ्र सम्बोधन गर्न दबाब दिने स्वरुप प्रदर्शन गरिएको हो । बिहीबार साँझ बाँसगढी बजारमा डा. केसीको समर्थनमा प्रदर्शन गरिएको थियो ।
प्रदर्शनमा सहभागिहरुले डा. केसी अनसनमा बसेको एक महिना हुन लागिसक्दा पनि सरकारले माग सम्बोधनमा ध्यान नदिएको भन्दै सरकारको चर्को आलोचना गरेका थिए ।
प्रदर्शनमा सहभागिहरुले समाजवाद स्वास्थ्यमा व्यापार, लूटतन्त्र बन्द गर, सत्यको आग्रहलाई सम्मान गर, हिजोको सम्झौता कता गयो सरकार, सरकारको नैतिकता गायव भयो, आज नगरे कहिले गर्ने हामिले नगरे कसले गर्ने लगायतका नारा लेखेका प्लेकार्डहरु बोलेका थिए । बुधबार साँझ समेत बाँसगढीमा युवाहरुको डा. केसीको समर्थनमा प्रदर्शन गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्