बलात्कारीलाई फासी दिनुपर्छ : युवा नेता सुनार



सुर्खेत :

सुदूरपश्चिम प्रदेशको बझाङ मष्टा गाउँपालिका–२, खिकालामा १२ वर्षीय बालिका सम्झना कामीको बलात्कारपछि हत्या गरिएको विषयमा कर्णालीका युवा नेता तथा समाज सेवी तिर्थ सुनारले मुख खोलेका छन् ।

दलित बालिकामाथि भएको जघन्य अपराधमा संलग्न सबैलाई कारबाही गर्नुपर्ने उनले माग गरेका छन् ।

सम्झना एउटा उदाहरण मात्र भए पनि सिंगो दलित समुदायका महिला बलात्कृत हुँदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उनले दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने बताए ।

सम्झनाको असोज ७ गते बलात्कारपछि बर्बरतापूर्वक हत्या गरिएको थियो । यस्ताखालका अमानवीय अपराधमा संलग्नलाई राजनीतिक संरक्षण नगरि कानुनअनुसार सजाय दिलाउनु पर्ने उनले माग गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज ११ गते आइतबार