नेपालगञ्ज ।
बाँकेको खजुरा गाउँपालिका वडा–२ सीतापुरमा शाखारहित बैंकिगं सेवा सुरु गरिएको छ । शुक्रबारबाट सनराईज बैंकले शाखारहित सितापुरमा बैकिङ्ग सेवा सुरु गरेको हो । बैंकका प्रदेश नम्बर ५ का प्रमुख सुनिल मण्डलले एक कार्यक्रमका बीच उक्त शाखारहित बैंकिगं सेवाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा कार्यवहाक वडा अध्यक्ष नन्दलाल गुर्ताल, नेपालगञ्ज शाखाका शाखा प्रबन्धक अनिल बज्राचार्य, कोहलपुर शाखाका प्रबन्धक मनोेजकुमार आचार्य, नरैनापुर शाखाका शाखा प्रबन्धक खड्कप्रसाद देवकोटा लगायतको उपस्थिती रहेको थियो ।
सुजाता खरेलको नेतृत्वमा रहेको बैंकको उक्त शाखाबाट खाता खोल्ने, निक्षेप लिने र भुक्तानी दिने, बिलहरुको भुक्तानी जस्ता कामहरु हुने बैंकले जनाएको छ । पछिल्लो समय सितापुरमा व्यवसायी गतिविधीहरु बढ्न थालेपछि बैंकहरुले समेत आफ्ना सेवाहरु दिन थालेका छन् ।
प्रकाशित मिति : २०७७ असोज १० गते शनिबार









प्रतिक्रिया दिनुहोस्