कोहलपुर ।
बाँकेको कोहलपुरमा व्यवसाय गर्दै आएका साहित्यकार सागर गैरे कोरोना कहर सुरु हुनु भन्दा पहिले एक पुस्तकप्रेमी मात्रै थिए । व्यस्त व्यवसायिक जीवनलाई व्यवस्थापन गरेर पुस्तक पढ्नुको उनको दैनिकी थियो । जो उनको बालापन देखिको रहर हो । बजारमा आउने नयाँ पुस्तक अक्कर उनको रोजाईमा पर्ने गर्छ । उसो त बाँकेको साहित्यिक क्षेत्रको एक चर्चित नाम समेत हो, सागर गैरे । लामो समयदेखि पुस्तक लेखनको तयारी भने उनले नगरेका भने होइनन् ।
चाहेर पनि उनले लेखक बन्ने रहन पुरा गरेका थिएनन् । अनेकन अनभूतिहरुलाई पुस्तकको आकार दिन उनलाई लकडाउन नै कुर्नुप¥यो । विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाले उनलाई लेखक बन्ने अवसर प्रदान गरिदियो । नेपालमा पनि चैत्र ११ गतेदेखि करिब चार महिना लगातार लकडाउन भएपछि उनले फुटकर लेखहरुलाई पुस्तकको रुप दिन प्रशस्त समय पाए । कोरोना कहरकै बीच उनको पहिलो साहित्यिक कृति ‘लकडाउन’ बजारमा आएको छ । लकडाउनको निबन्ध विधा हो ।
उनी भन्छन्, ‘यो मैले बालापनमा भोगेको अनुभूतिहरुको संगालो हो । बालापनका मेरा साथी, मेरा भाइ र बा अनि हुर्किएको बढेको र वनजंगलमा गाई भैसीसँग लडिबुडि गरेका तमाम यादहरुको संगालो हो ।’ यसको प्रकाशन हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले गरेको हो भने सहयोगी प्रकाशनका रुपमा बुलबुल पब्लिकेशन काठमाडौँ रहेको छ । लकडाउनमा ४१ वटा निबन्ध समावेश छन् । यसको उलार, लू जस्ता चर्चित कृतिका लेखक, अग्रज साहित्यकार नयनराज पाण्डे र त्रिभूवन विश्वविद्यालयका प्राध्यापक केशव सिग्देलले लेखेका छन् । यस्तै प्रकाशकीय महानन्द ढकालको रहेको छ ।
उनी हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान समेत हुन् । पुस्तकको आवरण देबेन्द्र थुम्केलीले गरेका हुन् । मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने, ‘मैले बालापन बिताएको ककौरामा हो । ककौरा, कोहलपुरदेखि २१ किलोमिटर अगाडि पर्छ । एसएलसीसम्म यही अध्ययन गरे । त्यो अवधिमा गाई भैसी चराइयो । बालापनका साथीहरु र परिवेशका बारेमा याद र पलहरु लगायतका कुरा निबन्ध मार्फत समेट्ने प्रयास गरेको छु ।’ पुस्तक लेख्नु सहज काम हुँदै होइन भन्ने कुरा आफूले पुस्तक प्रकाशन क्रममा राम्ररी बुझ्ने मौका पाएको गैरेले बताए । धेरैपछि लेखक बन्ने सपना पुरा भएको छ । हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठानका कला विभाग प्रमुख बिक्रम शिशिर लेख्छन्, ‘लकडाउन खुल्यो हामी हर्षित छांै । यही बेला ‘लकडाउन’ आएको, सागर गैरेलाई शुभकामना ।’ गैरे थप दुई वटा कृतिको प्रकाशनको तयारीमा छन् ।









प्रतिक्रिया दिनुहोस्