बाँकेको कोहलपुर–नेपालगञ्ज सडक खण्ड करिब साढे २ घण्टापछि खुलेको छ ।
सोमबार साँझ सात बजेतिर नेपालगञ्जबाट कोहलपुरतर्फ आइरहेको ट्रकले पिपरीमा एक महिलालाई ठक्कर दिदा उनको मृत्यु भएको थियो । सोही बिषयलाई लिएर मृतकका आफन्त र स्थानीयबासीहरुले सडक अवरुद्ध पारेका थिए ।
भोली मंगलबार ट्रक मालिकसँग वार्ता गर्ने सहमती भएपछि आजलाई अवरुद्ध सडक सञ्चालनमा आएको कोहलपुर प्रहरीले जनाएको छ । मृतक कोहलपुर ९ की ७२ वर्षिया सुरटिया थारुले शव समेत उठाएर अस्पताल लगिएको छ ।
महिलालाई ठक्कर दिने ट्रक र चालकलाई भने इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिइसकेको छ । दुर्घटना लगत्तै कुनै अप्रिय घटना हुन नदिनको लागि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो ।
प्रकाशित मिति : २०७७ असोज ५ गते सोमबार









प्रतिक्रिया दिनुहोस्