सम्पादकीय : निपष्क्ष छानविन



बाँकेको कोहलपुर नगरपालिका बेला–बेला चर्चामा आइरहन्छ । जिल्लाको एकमात्र नगरपालिका र उदाउँदो शहर कोहलपुर त्री प्रदेशीय प्रवेशद्धारा समेत हो । यहाँ हुने गरेका गतिविधि हरेक नागरिकका लागि चासोका विषय हुन्छन् । बेला–बेला बजार र मिडियामा हुने गरेका बहस र चर्चा सकारात्मक हुँदैनन् । स्थानीय सरकार सञ्चालनको तीन वर्षमा अहिलेसम्म पनि कोहलपुर नगरपालिकाले एउटा चाँही उदाहरणको काम गर्न सकेको छैन । नगरपालिकाले राम्रो काम गरोस् भनेर यहाँका जनता प्रतिक्षारत छन् । नेकपा नेतृत्वको संघीय सरकार काण्डै काण्डमा फस्ने गरेको छ । त्यो रोग कोहलपुरमा समेत व्याप्त छ ।

कोरोना कहरको पछिल्लो ५ महिनामा त झन् कोहलपुर नगरपालिकाको नेतृत्वको चरम असफलता घाम झै छर्लङ भएको छ । कोरोना कहरमा जनता पक्षीय काम गर्न नसकेको, राहत वितरणमा पहुँचवालालाई मात्रै प्राथमिकता दिएको, राहत वितरण मनपरी गरेको, कोरोना रोकथामका नाममा अनावश्यक खर्च गरेको जस्ता काण्डहरुले दुनियाँ हसायो । अहिले फेरी कोरोना कहरका नाममा करोडौ रकम भत्ता खाएको काण्ड थपिएको छ । यसले महामारीको बेला कोहलपुर नगरपालिकाले गर्दै आएका नराम्रा कामले स्थानीय तह र जनप्रतिनिधि प्रति अविस्वास बढ्दो छ । सधै आइरहने कुराले नगरपालिकाको शुसासन र पारदर्शिता माथि प्रश्न चिन्ह खडा भएको छ । यस्ता आरोपबारे नगरपालिका सधंै पन्छिदै मात्रै आइरहेको अवस्था छ ।

पछिल्लो समय आएको भत्ता काण्डका विषयमा अहिले बजारमा चर्चा व्याप्त छ । केही मिडियामा अनुगमन तथा मुल्यांकनका नाममा नगरपालिका ५७ जना जनप्रतिनिधि र कर्मचारीले लिएको भनिएको समाचारले नगरपालिका तरंगित छ । यस्तै तरंगित उनीहरुलाई भोट हालेका जनताले समेत गरेका छन् । यो विषय आफैमा गम्भिर हो । त्यसैले यसबारे नगरपालिकाले अझै स्पष्ट पार्न सकेको छैन । केहीदिन अघि गरेको पत्रकार सम्मेलनले ती कुराको चित्त बुझ्दो जवाफ पाउन सकेनन् । उपप्रमुख र एक वडा अध्यक्षले आफूले कोरोनाका बेला भत्ता नलिएको भन्दै व्यक्तिगत रुपमा स्पष्टिकरण समेत दिइसकेका छन् । अरु भने चुप छन् । उपप्रमुखबाटै उक्त विषयको छानविन माग हुनुले पनि यसमा पक्कै गडबडी छ भनेर बुझ्न आइतबार कुर्नुपर्दैछ । नारामा मात्रै शुसासन र समृद्धि होइन । जनताले प्रत्यक्ष रुपमा देख्न चाहेका
छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज ५ गते सोमबार