सकियो पन्ध्रदिने चित्रकला च्यालेन्ज



कोहलपुर ।

गत भदौ १५ गतेदेखि सुरुवात गरिएको पन्ध्रदिने चित्रकला च्यालेन्ज समापन भएको छ । कोरोना कहरको समयमा घर मै बसेर सिर्जनात्मक चित्रहरु प्रतिष्पर्धा गराउने उद्देश्यले च्यालेन्ज सुरु भएको थियो ।

पन्ध्रदिने चित्रकला च्यालेन्जमा यस क्षेत्रका थूप्रै कलाकारको उल्लेख्य सहभागिता रहेको आयोजकले जनाएको छ । १५ दिनसम्म निरन्तर चलेको उक्त च्यालेन्जमा करिब १ दर्जन कलाकारहरुले सहभागिता जनाएका थिए । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कला बिभाग प्रमुख बिक्रम शिशिरले विषय परिस्थितिमा विशेष विद्यार्थीहरुका सिर्जनात्मक कामको प्रचार–प्रसार गर्ने उद्देश्यले आयोजना गरिएको जानकारी दिए ।

उनका अनुसार कोरोना कहरको विषम् समयमा पनि कलाकाहरुको उल्लेख्य सहभागिता रहेको थियो । ललितकला पाठशालाका निर्देशक समेत रहेका उनले नयाँ प्रकारको इभेन्टले आफूहरुलाई हौसला प्रदान भएको बताए । च्यालेन्जमा स्कुल र कलेजका विद्यार्थीको उल्लेखनीय सहभागिता रह्यो । गृहिणी, प्राध्यापक, संचारकर्मी, साहित्यकार र कलाकारहरूका सृजना समेटिएको थियो ।

ललितकला पाठशाला कोहलपुरका विद्यार्थीहरू लगायत सहभागी अन्य कलाकारहरूमा नवरस् सरोण, उषा सुवेदी, सागर क्षेत्री, आयुष्मा ढकाल रहेका छन् भने आश्विन कोईराला, अंशु चन्द, उर्मिला थापा, खुश्बु बिष्ट, दिब्या गौतम, सुरज सुवेदी प्रास्ना दियालीले नियमित सहभागीता जनाएका थिए । बुधबार समापनमा कार्यक्रममा बोल्दै हाम्रो पुर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरका अध्यक्ष महानन्द ढकालले कोरोना कहरको समयमा थालिएको नवितम् कार्य निकै सह्रानीय रहेको बताए । उनले आगामी दिनमा समेत यस्ता कुराहरुलाई निरन्तरता दिन आग्रह गरे ।

  • No tags available
प्रकाशित मिति : २०७७ असोज १ गते बिहीबार