अपहरणको नाटक गरि झुट्टा अफवाह फैलाउने महिला पक्राउ



कोहलपुर  :

अपहरणको अपवाह फैलाउने एक महिना पक्राउ गरेकी छन् । बर्दिया ठाकुरबाबा नगरपालिका वडा नम्बर ०४ मैनवा घर भई हाल जिल्ला बाँके नेपालगंजमा बस्ने एक महिला पक्राउ परेकी हुन् ।

बाँके प्रहरीले फुल्टेक्रा स्थित शान्ति चौधरीको घरमा भाडामा बस्ने बर्ष ३३ की आशिक कुमारी चौधरीलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

उनले सानु दहितको नामबाट सुन्दर केटीको फोटो राखी फेसबुक आईडी खोली नवलपरासी जिल्ला बस्ने एक जना लाई उक्त आईडी बाट फेसबुक साथी बनाई फोन सम्पर्क गर्ने गरेको पाइएको प्रहरीले जनाएको हो । निजले भेट्ने कुरा गर्दा र भिडियोमा कुरा गर्न खोज्दा बिभिन्न बाहाना गरी पञ्छिने गरेकी थिइन् ।

तर २०७७।०५।२६ गते निज आशिक कुमारी चौधरीले आफै मेरो घर पोखरामा पनि छ, म पोखरा घरमा जादै छु, बाटोमा भेटी संगै पोखरा जाउ, म नेपालगंजबाट आफ्नै गाडीमा आउदै छु भनि बताई बिच बाटो चन्द्रौटामा पुग्दा अपरिचित ब्यक्तिहरुले मलाई कोठामा लगी मेरो साथमा भएको सुन, मोवाईल, गाडीको चाबी लगी मलाई कोठामा राखेको भनि प्रहरीलाई खबर गरेकी थिइन् ।

पछि प्रहरीले उक्त घटनाको अनुसन्धान गर्ने क्रममा निज आशिक कुमारी चौधरी मिति २०७७।०५।२७ गते फुलटेक्रा स्थित निजको आफ्नै डेरा कोठामा फेला परेकी हुदा सो सम्बन्धमा अनुसन्धान गर्दा निजले पोखरा आईरहेको र बिच बाटोमा लुटिएको अपहरणमा परेको कुरा सबै काल्पनिक बनाई फोन गरेको खुलेको आएको बताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २८ गते आइतबार