बाँकेमा रहेका दुई प्रयोगशालामा पीसीआर विधिबाट कोरोना परीक्षण हुने गरेको छ । त्यसको लागि सरकारले यहाँको एक सरकारी र एक नीजि प्रयोगशालालाई पीसीआर परीक्षणको अनुमति प्रदान गरेको छ । जिल्लामा संकलन भएका सबै स्वाबहरु पछिल्लो समयमा यीनै प्रयोगशालामा परीक्षण हुने गर्दछन् । खासगरी नीजिको तुलनामा सरकारी प्रयोगशालाले बेला बेलामा समस्या झेल्दै आएको छ ।
कहिले मेसिन बिग्रिने, कहिले परीक्षणको लागि आवश्यक पर्ने किट अभाव लगायतका तमाम समस्याहरु झेल्दै आइरहेको छ ।
पछिल्लो पटक भेरीको प्रयोगशालामा रिएजेन्ट किटको अभाव भयो । रिएजेन्टको अभाव स्वाब परीक्षण नहुँदा शुक्रबार अबेरसम्म कुनै रिपोर्टहरु निस्कीएन । प्राय दैनिक चार बजेको आसपासमा फेसबुक मार्फत पछिल्लो चौबिस घण्टाको परीक्षण रिपोर्ट सार्वजनिक गर्दै आएको थियो । साँझ अबेरसम्म पनि परीक्षण रिपोर्ट सार्वजनिक नहुँदा आम सर्वसाधारणहरुमा अन्यौलता छायो । स्वाब परीक्षण गर्नको लागि दिएका व्यक्तिहरु आफ्नो रिपोर्ट पोजिटिभ वा नेगेटिभ के आयो भन्नेमा ढुक्क हुन सकेनन् । नत शुक्रबार परीक्षण नहुँने भनेर अस्पतालले कुनै सूचना नै जारी गरेर मानिसहरुलाई सूचिचित गर्ने काम ग¥यो । राती मात्र रिएजेन्ट किट अभावमा परीक्षण हुन नसकेकोले शनिबार मात्र रिपोर्ट सार्वजनिक हुने समाचार बाहिरियो । नत्र शुक्रबार दुवै ल्यावमा कती स्वाब परीक्षण गरियो कती नेगेटिभ रिपोर्ट आयो कतिको पोजिटिभ रिपोर्ट आयो भन्ने कुरा सार्वजनिक हुन सकेन । भेरीका ल्याव टेक्निसियन प्रचण्ड गौतमले रिएजेन्ट अभाव भएका कारण स्वाब परीक्षण नहुँदा शुक्रबार परीक्षण रिपोर्ट सार्वजनिक गर्न नसकिएको बताउनुप¥यो । पछिल्लो समय संक्रमितको संख्या बढिरहेको बेला ल्यावहरुमा स्वाब परीक्षणको दैनिक जसो चाप बढिरहेको अवस्था छ ।
यहाँको सरकारी ल्यावमा समस्या हुँदा बाँसगढीबाट संकलन भएको स्वाब परीक्षण गर्नको लागि दाङको प्रयोगशालामा पठाउनुप¥यो । एक दिन परीक्षणमा बिम्लब हुँदा स्वाबको स्टकमा रहने अवस्था आइपुगेको छ । रिएजेन्ट सकिएपछि बिहीबार रातीमात्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ९ सय र प्रदेश ५ सरकारले एक सय रिएजेन्ट किट पठाएको थियो । यतीबेला प्रयोगशालमा रिएजेन्ट लगायतका आवश्यक साम्रगीहरु सकिन लाग्दा पहिले नै ल्याएर स्टक राख्नुपर्ने थियो होला । तर अस्पताल व्यवस्थापन भने यसमा चुकेको देखियो । यसमा हुन त अस्पताल व्यवस्थापनको मात्र गल्ती देखिदैन । प्रदेश र संघिय सरकारको लापरबाही समेत भन्न सकिन्छ । आगामी दिनमा यस्ता खाले समस्या प्रयोगशालामा आउन दिन हुँदैन । छिटो भन्दा छिटो पीसीआर परीक्षण गरेर रिपोर्ट चाँडो दिनेमा सबैको ध्यान जानुपर्ने अहिलेको आवश्यकता हो । यस्ता खाले महामारीसँग सबै एकजुट हुनुपर्छ । यसको अन्य विकल्प पनि छैन ।









प्रतिक्रिया दिनुहोस्