कोहलपुर ।
बाँकेका उद्योगी व्यवसायीहरुले आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्णरुपमा हटाउन माग गरेका छन् । स्थानीय प्रशासनले एक साता यता हप्तामा दुई दिन निषेधाषा जारी गर्ने गरेको छ । हप्तामा दुई दिन शुक्रबार र शनिबार निषेधाज्ञा जारी गर्ने गरिन्छ । सोही क्रममा आज र भोली समेत बाँकेमा निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादु कुरुम्बाङले जानकारी दिए । व्यवसायी र आम नागरीकहरु भने निषेधाज्ञाको विरुद्धमा रहेका छन् । साता दुई दिन गरिने निषेधाज्ञाले कोरोना नियन्त्रण र रोकथाम सभ्भव नभएको भन्दै उनीहरुले प्रशासनलाई लकडाउन र निषेधाज्ञाको विल्कप खोज्न आग्रह गरिरहेका छन् ।
सोही क्रममा नेपालगञ्ज उद्योग बाणिज्य संघले असोज १ गतेदेखि आन्तरिक लकडाउन र निषेधाज्ञालाई पूर्णरुपमा हटाउन माग गरेको छ । उपभोग्य एवं अत्यावश्यक सामान उत्पादन तथा विक्री वितरण गर्ने कार्य प्रभावित भएको भन्दै संघले लकडाउन र निषेधाज्ञा हटाउन जिल्ला प्रशासन कार्यालय बाँकेसँग माग गरेको हो । बिहीबार संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’को अध्यक्षतामा बसेको कार्यसमिति बैठकले कोरोना भाइरस (कोभिड १९) नियन्त्रण गर्न लागू गरिएको लकडाउन तथा निषेधाज्ञा असोज १ बाट हटाउन माग गरेको थियो । ‘साढे पाँच महिना झेल्नसम्म झेलियो । अब झेल्नै नसकिने अवस्था आयो’ संघका अध्यक्ष मन्सुरीले भने, ‘त्यसकारण अब असोज १ गतेबाट पूर्णरुपमा लकडाउन खोल्ने र निषेधाज्ञा हटाउनुपर्छ भन्ने मेरो जोडदार माग राख्छौ ।’ संघले शुक्रबार र शनिबार हुँदै आएको निषेधाज्ञा पनि हटाउने विषयमा पनि पुर्नविचार गर्न माग गर्ने निर्णय गरेको महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए ।
स्थानीय प्रशासनले जिल्लामा कोरोना संक्रमणको जोखिम बढेको भन्दै सातामा दुई दिन जिल्लाभर निषेधाज्ञा लगाउने निर्णय गरेको थियो । निषेधाज्ञा भोली शनिवार राती १२ बजेसम्म जारी रहनेछ । निषेधाज्ञालाई कडाई साथ लागू गरिने जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका प्रजिअ कुरुम्बाङले जानकारी दिए । ‘निषेधाज्ञामा तोकिएका सेवा र सवारी साधनमात्र सञ्चालनमा आउनेछन्’ उनले भने, ‘अन्यथा अरु सबै घरभित्र नै बस्नुपर्नेछ । बाहिर निस्कन पाइनेछैन । निषेधाज्ञाको समयमा अत्यावश्यक सेवा मात्र सञ्चालनमा आउने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।
अत्यावश्यक सेवाहरु स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, डेरी, फोहोरमैला व्यवस्थापन, ग्याँस, पेट्रोलियम पदार्थ, औषधी पसल र एटिएमहरु सञ्चालनमा आउन पाउँनेछन् । सवारी साधनहरु भने एम्बुलेन्स, शववहान, दमकल, झण्डावाल सवारी र निलो (कुटनीतिक) प्लेट, लामो दुरीका मालवाहक, निर्माण सामग्री ढुवानी, अत्यावश्यक सेवा सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका, सवारी अनुमति (पास) प्राप्त सवारी साधनहरु सञ्चालन हुन पाउने बाँके प्रहरीले जनाएको छ । निषेधाज्ञाको अवज्ञा वा अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन, २०२० तथा स्थानिय प्रशासन ऐन, २०२८ बमोजिम कारबाही गरिने जिल्ला प्रशासन कार्यालय बाँकेले चेतावनी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्