30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

संघको अध्यक्षमा खनाल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख ३०, २०७३  

कोहलपुर,बैशाख ३०
राष्ट्रिय जनमोर्चा नेपाल निकट किसान संघको दोस्रो जिल्ला भेलाबाट अध्यक्षमा कमल खनाल निर्वाचित भएका छन् । जसको उपाध्यक्षमा कुलानन्द खनाल, सचिव तिर्थराज खनाल, सहसचिव टिका बि.क., कोषाध्यक्ष बलिसरा पुन मगर र सदस्यहरु राधा गिरी, बालकृष्ण लम्साल, देविसरा बस्नते र लदुन खाँ निर्वाचित भएका छन् । त्यस्तै भेलाले संघको सल्लहाकारमा जोग प्रसाद भण्डारी, बाल कुमारी आचार्य, मन बहादुर सुनार र रुद्र आचार्यलाई छनोट गरेको छ ।
त्यस्तै भेलाको उद्घाटन अखिल  नेपाल किसान संघका केन्द्रिय सदस्य प्रेमनारायण आचार्यले गरेका थिए । कार्यक्रममा नेकपा मशाल जिल्ला प्रवक्ता जगदिस ढकाल, जातियस समता समाज जिल्ला अध्यक्ष मान बहादुर बि.क., उद्योग वाणिज्य संघका केन्द्रिय सदस्य पशुराम लामिछाने र तराई मधेश जनवादी मार्चा केन्द्रिय सदस्य इसराईल अहमद खाँले शुभकामना व्यक्त गरेका थिए । कमल खनालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संचालक पूर्णकला भण्डारीले गरेकी थिईन् । साथै ‘विश्वका किसानहरु एक हौं’ भन्ने मुलनाराका साथ यहि जेठ २२, २३ र २४ गते काठमाण्डौमा अन्र्तराष्ट्रिय सम्मेलन हुँदैछ । ५५ देशका मान्छेले उक्त सम्मेलनमा भाग लिने बताईएको छ ।

प्रकाशित मितिः बिहिबार, बैशाख ३०, २०७३     8:36:46 AM  |