कोहलपुर ।
बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर ६ का अति विपन्न नागरिकलाई राहत वितरण गरिएको छ । लामो समयसम्मको कोरोना कहरका कारण दैनिक हातमुख जोड्न समस्या भएका नागरिकहरुलाई राहत वितरण गरिएको हो । वडा नम्बर ६ मा रहेको नमुना युवा क्लवको आयोजनामा बुधबार एक कार्यक्रमका बीच राहत वितरण गरिएको थियो ।
विभिन्न चरणमा गरी त्यहाँका आर्थिक रुपमा विपन्न नागरिकहरुलाई राहत वितरण गरिएको क्लवले जनाएको छ । दुई चरणमा गरी त्यहाँका २ सय ३१ जनालाई राहत वितरण गरिएको थियो । उनीहरुलाई चामल, दाल, नुन, तेल र साबुन वितरण गरिएको बताइएको छ । बुधबार सम्पन्न राहत वितरण कार्यक्रम नेकपा बाँकेका नेता सूर्य ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
नेकपा क्षेत्रीय कमिटिका संयोजक समेत रहेको नेता ढकालले युवाहरुको सक्रियतामा आर्थिक रुपमा विपन्नलाई सहयोग गर्नु निकै महत्वपूर्ण कार्य भएको बताएका थिए । यस्तो कार्यले कोरोना कहरका बीच समस्यामा परेकाहरुको लागि निकै राहत मिलेको उनले बताए । युवा देश विकासको संवाहक भएकोले रहेक क्षेत्रमा रहेका समस्या समाधानको लागि युवा अग्रसर हुनुपर्ने नेता ढकालले बताएका थिए ।









प्रतिक्रिया दिनुहोस्