दाङमा जुवाकाे खालबाट तेह्रजना जुवाडे पक्राउ



शिवु खनाल, दाङ ।

प्रहरीले जुवाकाे खालबाट तेह्रजना जुवाडेलाई पक्राउ गरेको छ । गाेप्य सुचनाकाे अाधारमा बुधबार तुलसीपुर उप-महानगरपालिका वडा नम्बर १४ पननपुर स्थित साेहि ठाउँ निवासी निम बहादुर केसीको घरमा जुवा खेलिरहेका अवस्थामा नगर त्रिसट्ठी हजार, अाठ सय चालिस र जुवा खेल्ने तास सहित बरामद गरेको जिल्ला प्रहरी दाङले जनाएको छ ।

पक्राउ पर्नेहरूमा तुलसीपुर उप-महानगरपालिका वडा नं. १४ बस्ने वर्ष ३५ को मधुकर बस्नेत साेहि ठाउँ निवासी ३७ वर्षिय माधव विक ३० वर्षिय दिपक वादी ३८ वर्षिय राजाराम विक, ३० वर्षिय निर्मल केसी, ३१ वर्षिय चुडामणी खत्री, ३३ वर्षिय भागवत डाँगी, ४८ वर्षिय बाबुराम नेपाली, ६५ वर्षिय निमबहादुर केसी, १६ वर्षिय विकेश परियार, २२ वर्षिय दिपक डाँगी, वडा नम्बर १५ निवासी ३५ वर्षिय प्रधुन धिताल, घोराही उप-महानगरपालिका वडा नं. ९ बस्ने वर्ष २९ को बसन्त बुढाथोकी रहेका छन् । बुधबार नियन्त्रणमा लिइ थप अनुसन्धान सुरु गरिएकाे दाङ प्रहरीले जनाएको छ

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १८ गते बिहीबार