परिवार नियोजन सेवा बन्द



शिवु खनाल । दाङ ।

लमही नगरपालिका र पि.आइ.एस.(किड्स) कपिलवस्तुले संयुक्त रूपमा परिवार नियोजनको अस्थाई सेवा प्रदान गर्ने लमहीको कृपा पोलिक्लिक एण्ड मेडिकल हल र फलोरेन्स् अस्पताल लमहीको अनुगमन गरिएको छ ।

फलोरेन्स् अस्पताल लमहीमा परिवार नियोजनको सेवा प्रदान गर्ने दक्ष स्वास्थ्यकर्मी नभएको हुँदा सेवा ठप्प रहेको पाइएको लमही नगरपालिका स्वास्थ्य प्रमुख लोकराज पौडेलले बताए । उनका अनुसार परिवार नियोजनको सेवा पुनः संचालनको लागि एक जना स्वास्थ्यकर्मीलाई तालिमको व्यवस्था गरि सेवा सुचारु गर्ने पहल गरिएको छ ।

यता परिवार नियोजनको सेवा लिन आउने सेवाग्राहीलाई फलोरेन्स् अस्पतालमा सेवा ठप्प भएपछि लमही अस्पताल रिफर गर्दै आएको डा. पुष्प भुषालले जानकारी दिए । यस्तै अनुगमनमा कृपा पोलिक्लिनक एण्ड मेडिकल हलले दिदै आइरहेका सेवाहरू प्रभावकारी रहेको पाइएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए ।

उनका अनुसार कृपा पोलिक्लिनक एण्ड मेडिकल हलले २०७७ साल साउन महिनादेखि सेवा सुचारु गरेको २४ वर्षदेखि मुनिका सेवाग्राहीलाई निशुल्क रूपमा परिवार नियोजनाका अस्थाई सेवाहरू प्रदान गर्दै आएको र अनुगमनमा अभिलेखिकरण सकारात्मक रहेको उनले दाबी गरे ।

नीति र ऐन तयार गर्न समिति गठन

नगरपालिकाको स्वास्थ्य नीति र ऐन तयार गर्नको लागि लमही अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.आकाश बेल्वासेका संयोजकमा प्राविधिक समिति गठन गरिएको छ । स्वास्थ्य प्रमुख पौडेलका अनुसार नीति र ऐेन पास भएपछि लमही नगरपालिका अन्तरगतका पन्ध्र सैंया भन्दा मुनिका अस्पताल, क्लिनिक, प्रयोगशाला, डाइनष्टिक सेन्टरको स्थापना संचालनको अनुमति प्रदान गर्ने, नियमन तथा अनुगमन कार्य रहेको उनको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ९ गते मंगलबार