सुर्खेत ।
सोमवार जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा भदौ १२ गते राती १२ बजेसम्म निषेधाज्ञा थपेको छ । ‘१२ गते राती १२ बजेसम्मका लागि वीरेन्द्रनगरमा थप तीन दिन निषेधाज्ञा जारी गरिएको छ,’ प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने, ‘१३ गतेबाट स्वास्थ्य सुरक्षाका लागि तोकिएका तथा सर्तको पालना हुने गरी निषेधाज्ञा खुलाइने छ ।’
कोरोना भाइरसको सक्रमण समुदायस्तरमा फैलिन नदिन सम्बन्धित स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले बताएको छ । यसभन्दा अगाडि पनि स्थानीय प्रशासनले भदौ १ देखि ६ र ७ देखि ९ गतेसम्म वीरेन्द्रनगरमा निषेधाज्ञा जारी गरेको थियो । यस्तै दैलेखमा पनि थप तीन दिन निषेधाज्ञा थपिएको छ ।
प्रकाशित मिति : २०७७ भदौ ९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्