कर्णालीमा थप ५१ मा कोरोना पुष्टि



सुर्खेत ।

कर्णाली प्रदेशमा सोमबार थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, चौरजहारी नगरपालिकाको पीसीआर प्रयोगशाला रुकुम पश्चिम र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना पुष्टि भएको हो ।

सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतको वीरेन्द्रनगर ५ र १२ का २२ र ३२ वर्षका दुई जना पुरुष, चितवनको भरतपुर महानगरपालिका २० का ३९ वर्षका एक पुरुष, राप्ती नगरपालिका ७ का ४७ वर्षका एक पुरुषमा कोरोना पुष्टि भएको छ । यस्तै बर्दियाको गुलरिया नगरपालिकाका एक २७ वर्षका पुरुष, कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका २१ र २५ वर्षका दुई पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालय अन्तरर्गत स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।

यस्तै प्रदेश अस्पताल/पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेत मै गरिएको परीक्षणमा सल्यान, कैलाली, सर्लाही र रुपन्देहीका एक–एक गरी चार जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरी रुकुम पश्चिममा गरिएको परीक्षणमा रुकुम पश्चिम मुसीकोट १ का २२ वर्षकी एक महिला, २८, ३३, ३६, ५० , ५७ वर्षका पाँच पुरुष, वडा नम्बर क्रमश २, ३, ४ का ३६, ३०, ४० वर्षका तीन पुरुष, वडा नम्बर ५ र ६ का २७ वर्षकी एक र २७ वर्षका एक पुरुष, ८ का एक ४४ वर्षकी महिला, ९ का १९ र ५० वर्षका दुई पुरुष र १० नम्बर वडा २८ वर्षका एक पुरुष रहेका छन् । यस्तैगरी सानीभेरी गाउँपालिका ८ का २५ र ३० वर्षका दुई पुरुष र १८ वर्षकी एक महिला रहेकी छन् ।

चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुम पश्चिम मै गरिएको कोरोना परीक्षणमा जाजरकोटका १५ जनामा कोरोना पुष्टि भएको छ । जसमा भेरी गाउँपालिका १ र २ का ३२ र ३५ वर्षका दुई पुरुष, ३ का २४ र २७ वर्षकी दुई महिला, २६, ३५, ३८, ४०, ५५, ५५ वर्षका ६ जना पुरुष, ४ र ७ का ५० र ३१ वर्षका दुई पुरुष, १० का ४ वर्षकी बालिका, २० वर्षकी एक महिला र २३ वर्षका एक पुरुषमा संक्रमण पुष्टि भएको हो । यस्तै डडेल्धुरा, बर्दिया, धादिङ र उदयपुरका ३५, २७, ३७, ३८ वर्षका गरेर चार पुरुष रहेका छन् ।

भने कर्णाली विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटको तिलागुफा नगरपालिका १ का २४, २५ र ४१ वर्षका गरेर तीनजनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा पाँचसय १३ जनाको कोरोना परीक्षण गरिएकोमा चार सय ६० जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको थियो ।

यो सँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको जम्मा संख्या दुई हजार दुई सय ९५ पुगेको छ । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा कोरोना निको भई डिस्चार्ज हुनेको संख्या १९ रहेको छ । हालसम्म कर्णाली प्रदेशमा कोरोना निको भइ डिस्चार्ज हुनेको संख्या एक हजार नौ सय ९२ जना रहेको छ । कर्णाली प्रदेशमा कोरोना संक्रमणबाट हालसम्म ६ जनाको मृत्यु भएको छ भने कोभिड १९ का सक्रिय बिरामीको संख्या दुई सय ९७ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ९ गते मंगलबार