भाद्र शुक्ल तृतीया हरितालिका तीज तथा ऋषि पञ्चमीको महिमा



एकराज शर्मा

हिन्दु भन्नाले भगवान र उहाँकै अंश राजा–इन्द्र, पवन ,यम, सुर्य, अग्नि, बरुण, चन्द्र र कुवेर यी आठ अंशलाई मानिन्छ । जहाँ वेद, गुरु, गायत्री, गीता, गाई आदिले पुनर्जन्ममा विश्वास राख्नुलाई हिन्दु भन्ने गरिन्छ । वास्तवमा हिन्दुभई जन्मलिनु केवल संयोग मात्र नभई पूवै जन्मको संस्कार र भगवानको विशैष अनुकम्पा हो ।

हिन्दुशास्त्रको ॐ कार परिवारभित्र रहेका हरेक नारीहरुको लागि यो शौभाग्यको निमित्त यो व्रत गर्ने प्रचलन परम्परादेखि नै चलिआएको छ । यो व्रत भाद्र शुक्ल पक्षको तृतीया तिथिका दिन पर्दछ । स्त्रीजातिका लागि यो सबैभन्दा अति उत्तम व्रत हो । यो व्रत गर्नले अखण्ड सौभाग्य प्राप्त हुने विश्वास गरिन्छ । यो व्रतमा केराका खम्बाहरु लगायतका पञ्चपल्लवबाट स्तम्भ तयार गरेर मण्डव तया गर्ने प्रचलन छ । तर कतिपयले घरभित्र पनि गर्ने गरेको पाइन्छ । धेरै खालका रङ्घी विरङ्घी ध्वजापताकाले मण्डवको सजीसजावट समेत गरिन्छ । त्यस दिन उपवास वसेर रात्रीमा भगवान शिवजीको तथा पार्वतिको वालुवाको मूर्ति स्थापना गरेर विशेष रुपले ब्राह्मण राखेर पूजा अर्चना गर्ने काम गरिन्छ । यस व्रतको महिमा वा फल यसप्रकार वताइएको छ ।

यहां हरितालिका व्रतको अर्थ यो वताइएको छ कि हरिता अलिभिस् वा जसमा अलि सखीहरु व साथीहरुले तत्कालिन समयमा पावतीलाई लुकाएर राखेका थिए । यसको बारेमा निकै चर्चा श्री स्वस्थानी व्रत कथामा गरिएको छ । यो हिमालय पर्वत कि छोरी पार्वतिले बाल्यकालदेखि नै श्रीमहादेव स्वामी वा पति प्राप्त गर्न सकु भनेर धेरै कठोर तथा कडा मेहनतका साथ तपस्या गरेकाले नै यसको महिमा निकै सान्दर्भिक छ । पार्वतीले नित्य कर्मका साथ १६ वर्ष सम्म धूवां मात्र वा श्वास मात्र फेरेर यो तपस्या गरे कि थिइन । पछि ६४ वर्षसम्म सुकेका पातहरु खाएर मात्र रहनु भएको थियो । पार्वतीको त्यस खालको तपस्याबाट उनका पिता वा बाबा निकै भावुक तथा चिन्तित भएका थिए ।

सोही समयमा नारदूनी आएर ती कन्याको लागि भगवान विष्णुलाई हात माग्न आउनु भयो । उहाँका पिताले सम्हारकर्ता विष्णुको नाम लिने वितिकै सहमति जनाउने काम गर्नु भएको थियो । पछि पार्वतीले भगवान विष्णुसँग होइन कि भगवान शिवजीसँग विहे गर्ने अठोट समेत गरेकी थिइन् । तर बाबाको त्यो सहमतिले उनको मनमा पिर पर्न गयो । त्यसपछि निकै दुःख मानेर पिरले मूर्छा समेत परेकी थिइन पार्वती ।

जव होस् आयो तव पार्वतीले आफ्ना साथी संखीलाई समेत सबै यथार्थ वताइन् । उनले भगवान शिव भन्दा अरुसँग विहे नगर्ने वचन समेत दिएकी थिइन । यो खवर पाउने वित्तिकै उनका संखीहरुले उनका बाबाले पनि पत्ता नलगाउने ठाउँमा लिएर लुकाउने वचन समेत दिए । उनलाई लिएर राखेको ठाउँमा कसैले पत्ता लगाउन समेत सक्ने अवस्था थिएन । पार्वतीका बाबा हिमालयले पार्वती भागेको भन्ने थाह पाएपछि निकै खाजे । बाघभालुले खायो कि पनि भने । उता पार्वतीलाई भगाउँदै एउटा खोलाको छेउमा बसेर वालुवाको शिवको मूर्ति तयार गरेर आराधना समेत गर्न लाग्नु भयो ।

उहाँले अन्न तथा पानी समेत नखाएर व्रत वा आराधना समेत गर्नु भएको थियो । पछि श्रावण शुक्ल तृतियाको दिन आयो । सोह दिन महादेवको समाधि आराधनाको कारण सकिएर गयो । किनकि महादेव वा शिवजी पार्वतीले तपस्या गरेको ठाउँमा आउनु भयो । अनि पार्वतीलाई सोध्न लाग्नु भयो । तिमी के चाहेर नै यो तपस्या गरेको हो । अनि सोही बेला पार्वतीले भन्न लाग्नु भयो कि यदि मदेखि प्रशन्न भएको भए म हजुरसँग विहे गर्नका लागि नै यो तपस्या गरे कि थिएँ । यो सुन्ने वितिकै महादेवले तथास्तु भनेर त्याहाँबाट अन्र्तध्यान हुनु भयो ।

केही समयपछि पार्वतिका बाबा हिमालय पर्वत त्यहा आए । आफ्नी १६ वर्षको कन्यालाई काखमा राखेर सोधे तिमी यो खोलाको किनारमा किन आयौ ? के कारण हो यति टाढाको बाटो पार गरेर । यो प्रश्नको उत्तर पार्वतीले यसरी दिनु भयो कि तपाईले मेरो विवाह विष्णु भगवानसँग गर्न लागेको तर मैले शिवजी स्वामी पाउन आराधना तथा तपस्या गरेकोले गर्दा म यहाँ साथीहरको साथमा आएँ । किनकि म विष्णुसँग विहे गर्न चाहन्नथेँ । अव पनि मेरो विवाह शिवजीसँग गर्ने भए मात्र घर जान्छु नत्र भने यही तपस्या गरेर बस्ने काम गर्छु । यति सुनेपछि हिमालय पर्वतले शिवजीसँग विवाह गर्ने वचन समेत दिए ।

भविष्य पुराणमा उल्ल्ोख छ कि हिमालय पर्वतले छोरी पार्वती विष्णुलाई दिन लागे भन्ने कुरा आफ्ना संखीहरुबाट थाह पाएर नै दिक्दार भएर नै दिक्दार भएकी पार्वतीलाई हेरेर लगेको हुनाले यस पर्वको नाम हरितालिका रहेको हो भन्ने प्रमाण छ । यो पर्व स्त्रीजातिका लागि मात्र हो । यसका लागि नारीहरु अघिल्लो दिनमा टन्न दर खाएर भोलि पल्ट निराहार वा पानी नै नखाएर व्रत वस्ने प्रचलन छ । यो व्रत ब्राहमण, क्षेत्री, वैष्य तथा शुद्र जसले पनि लिन मिल्दछ ।

उक्त दिन गङ्गा वा खोला तथा नदिमा विहाना गएर स्नान गरेर म हरितालिकाको व्रत गर्दछु भन्ने र संकल्प वा प्रण गर्ने । दिनभर निराहार व्रतको लागि तयार हुने । फेरि साँझमा गङ्गामा गएर वा तलाउ अथवा मण्डव निर्माण गरेर बालुवाको शिवलिड्ढ तयार गरेर ब्राह्मण राखेर आफ्नो कुल परम्परालाई कायम गरेर पूजा आरधना गर्ने प्रचलन छ । तर निराहार बस्न नसक्ने नारीले भने शिवजीको पूजा गर्नका लागि गुरु पुरोहित राखेर गर्ने । त्यो नसकेपछि शिवालय, शिवमन्दिरमा गएर गर्ने । त्यो पनि नभएमा घरमा शिवजीको मूर्ति राखेर पनि आराधना गर्न सकिन्छ । त्यसपछि दही, केरा लगायतको फलाहार गर्ने प्रचलन पनि छ । तर वृद्धबृद्धा, नावालक, औषधिको सेवन गर्ने, दिर्घरोगी नारीले यो व्रत गर्नु भन्दा नगर्नु राम्रो मानिन्छ ।

संसारमा रहेका वैदिक सनातन धर्मलम्वी आर्यहरु आपनो धर्म, सदाचार तथा संस्कारका बारेमा अनविज्ञ भएकाले वैदिक सनातन धर्म ह्रस भएको हो । जसको संरक्षण तथा संवद्र्धन गर्न ॐ कार लाई मूलमन्त्र मान्नेहरुको चेतना जगाउने काममा लाग्ने काम हाम्रो हो । यसका लागि हामीले हाम्रा बाबा आमा, काका काकी, दाजुभाइ, दिदी बहिनी, गुरु पुरोहित, गाई लगायतको सम्मान गरेर सबैबाट आर्शिवाद लिने काम गर्नु नै यसको परिपालन तथा हाम्रो कर्तव्य हुन जान्छ ।

हरितालिका तिजको ठिक पर्सीपल्ट भाद्र शुक्ल पञ्चमीको दिन ऋषिपञ्चमी व्रत पर्दछ । यो व्रत नारीहरुको लागि मूख्य पर्व नै हो । यस पर्वको संक्षिप्त महिमा यस प्रकार रहेको छ ।

खास गरेर नारी रजस्वला वा पन्छिने अथवा छुई भएको समयमा जानी वा अन्जानमा गरेको विविध छातछुत भएको पापको प्राश्चित गनृको लागि मात्र हो । नारी रजस्वला भएको चार दिनसम्ममा अलग बस्ने काम गर्नु पर्दछ । नत्र दोष प्रदोष हुन्छ भनी विष्णु पुराणमा चर्चा गरिएको छ । परापूर्व कालमा ईन्द्रले विश्वरुपको शिरलाई तीन टुक्रा पारेकोले ब्रह हत्याको पाप भागेका थिए । सोही हत्याको कारण उनी निकै पिर मानेर ईन्द्र भगवान ब्रहजीसंग गएर सवै वताए ।

त्यसपछि ब्रहले ईन्द्रको ब्रहहत्या निवारण वा हरणको लागि एक वर्ष भोग गरेर बाँकी दोष पृथ्वी, वृक्ष, जल, तथा नारी गरेर चार भाग लगाए । चार भागमा फालेकोले उवरभूमि, वृक्षबाट निस्केको खोटो, बुदबुद फेन जलमा तथा नारीको रजमा यो पाप देखिन्छ । यही कारणको फलस्वरुप चारै वर्णमा प्रति महिना नारी रजोवती हुन्छन् । त्यो समयमा घरका भांडा, माल सामान लगायत मानिस तथा आफ्नो लोग्नेलाई नि छुनु हुदैन ।

रजस्वलाको पहिलो दिनमा चाण्डाली, दोश्रो दिनमा ब्रहघातिनी, तेश्रो दिनमा धोविनी तथा चौथो दिनमा केही शुद्ध तथा पांचौ दिनमा मात्र पवित्र नारी हुन्छिन् । सोही तीन दिनमा नारीले जाने वा नजानेर त्यस खालको काम गर्ने काम गर्न हुदैन । यदि गरेपछि सोही पापबाट मूक्त रहन यो ऋषिपञ्चमकिो व्रत गर्ने प्रचलन छ । यस व्रतको चर्चा यस्तो छ । यो दिन सप्त ऋषिको आराधना गरिन्छ । नारीले विहाना नित्य स्नान गरेर सकेपछि गोवर माटो लगाएर ३६० पटक अपामार्ग तथा दतिवन लगाउने । स्नान सकेपछि विहाना १० बजे देखि २ बजेको समयभित्र ब्रहामणलाई राखेर सप्तहर्षिको पूजा अर्चना गर्ने ।

अरुधन्ति, कश्यप, अत्री, भाद्धाज, विश्वामित्र, गौतम, जमदग्नि तथा वशिष्ठ ऋषिको आराधना गर्ने काम गरिन्छ । त्यस स्ांगै दिप, कलश, गणेश, ब्रह्मा, विष्णु लगायतका पञ्चायन देवताको पनि आराधना गर्ने काम गरिन्छ । त्यस दिन नरोपेको धान वा साबुदाना लगायत कागुनोको चामलको खिर खाने प्रचलन छ । गंगा वा नदि वा तलाउमा गएर पूर्व फर्केर आचमन गरेर ३६० दतिवन दांतले चपाएर शुद्ध भएर यो व्रत गर्ने प्रचलन छ । यसरी नै यी दुवै व्रतको आराधना गर्ने काम गर्ने गरिन्छ ।

वर्तमान समयमा कोभिड १९ ले विश्व आक्रान्त पारेको छ । नेपाल पनि यो रोगबाट निकै आक्रान्त भएकाले यो समयमा शरीरलाई निकै शक्ति आवश्यकता पर्ने भएकोले विचार गरेर मात्र व्रत वा आराधना गर्नु आवश्यक छ । बाँचेपछि आगामी वर्षमा आफ्नो परम्परा अनुसार नै गर्ने गरी आफ्नो शरीरको निकै ख्याल गरेर यो कार्य अगाडि बढाउने काम राम्रो हुन्छ । यस कार्यमा भगवानले पनि छुट दिने काम गर्ने भएकोले यस तर्फ सबै नारीको ध्यान जाने काम गरोस् । आम हिन्दु नारीलाई हरितालिका तीज तथा ऋषिपञ्चमी व्रतको हार्दिक शुभकामना छ । जय भोले जय शम्भो !

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ ५ गते शुक्रबार