कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ को दशविगाहमा पल्लवी सर्जिकल हाउस खुलेको छ ।
कोहलपुर क्षेत्रमा स्तरीय र गुणस्तरीय स्वास्थ्य प्रदान गर्ने उद्देश्यले हाउस खुलेको हो । सोमबार एक कार्यक्रमका बीच सर्जिकल हाउसको औपचारिक सेवा शुरु गरिएको छ ।
सञ्चालक रामविर शाहीका अनुसार सर्जिकलका साथै ल्याव सामग्री, सौन्दर्य र सरसफाईका सामग्री पाइन्छन् । कुल १० लाख लागतामा उक्त व्यवसाय शुरु गरिएकोले उनले बताए । हाउसको सञ्चालक शाहीका बुबा वीरेन्द्र शाहीले उद्घाटन गरेका थिए ।
प्रकाशित मिति : २०७७ भदौ २ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्