सिन्धुपाल्चोकमा पहिरोले बगाउँदा ३६ जना बेपत्ता,उद्धार कार्य जारी



काठमाडौं  ।
सिन्धुपाल्चोकमा पहिरोले गाउँ बगाउँदा ३६ जना बेपत्ता छन् । जिल्लाको जुगल गाउँपालिका–२ लिदीस्थित लामागाउँमा पहिरोले बगाउँदा ३६ जना बेपत्ता भएका हुन् । सभामुख अग्नी प्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार ३६ जना बेपत्ता रहेको र अहिलेसम्म कसैलाई पनि निकाल्न सकिएको छैन ।

सभामुख सापकोटा घटनास्थल पुगिसकेका छन् । घाइते पाँच जनाको उद्धार गरेर थप उपचारका लागि अस्पताल पठाइएको न्यौपानेको भनाइ छ । पहिरो अझै पनि जाने क्रम नरोकिएकोले उद्धारमा समास्या भएको प्रहरीले जनाएको छ । कति घर पुरियो र के कति हताहती भयो भन्ने यकिन गर्न कठिनाइ भएको छ । शुक्रबार आज विहान ६ बजे गएको पहिरोले गाउँ बगाएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रबार