काठमाडौं ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिका-२ लिदी भन्ने ठाउँमा शुक्रबार बिहान गएको भिषण पहिरामा परेकाहरुको उद्धारका लागि हेलिकप्टरबाट एक टोली घटनास्थलमा जाँदै छ।
उद्धारका लागि काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरमा टोली पठाउन लागिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख अनिल पोखरेलले जानकारी दिए।
उनका अनुसार अब केही बेरमा सेनाको उद्धार टोली त्यसतर्फ प्रस्थान गर्दैछ। घटनास्थलमा टोली नपुगेकाले आधिकारिक रुपमा क्षतिको विवरण आउन सकेको छैन।
पहिरामा १३ घर पुरिएको र पन्ध्र जना घाइते भएको जानकारी प्राप्त भएको छ। जिल्लास्तरबाट पनि घटनास्थलमा टोली जाँदै छ।
यसअघि पनि सिन्धुपाल्चोकका विभिन्न स्थानमा पहिरो खस्दा ठूलो मानवीय क्षति भएको थियो। अझै धेरै हराइरहेका छन्।
प्रकाशित मिति : २०७७ साउन ३० गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्