नाकाबासीको पिडा… ‘सिमा क्षेत्रमा रोगलेभन्दा, पनि भोकले मर्ने चिन्ता’



शिवुु खनाल । दाङ (खांग्रानाका) ।

भारतसँग जोडिएका दाङका सिमा क्षेत्रहरुमा खाद्यान्नको अभाव हुन थालेपछि नाकाबासीहरुले स्थानिय पालिकासँग गुहार माग्न थालेका छन् । वर्षायाम सुरु भएसँगै स्थानिय पालिकाले खोलेको नाकाबाट देउखुरी प्रवेश गर्ने नयाँ बाटोहरु बाढी पहिरोका कारण अवरुद्ध र कोराना भाइरसले गर्दा भारतसँग जोडिएका दाङका सिमा क्षेत्रहरु पूूर्णरुपमा बन्दका कारण दैनिक रुपमा उपभोग गर्ने सामाग्रीहरु अभाव हुन थालेपछि सिमा क्षेत्रमा बसोबास गर्दै आएका नाकाबासीहरुले स्थानिय पालिकासँग गुहार माग्न थालेका हुन् ।

‘नाकामा अहिले खाद्यान्नको चरम अभाव हुन थालेको छ । घरमा भएको सबै खाद्यान्न सकियो । भारत जाउ रोग छ । आफ्नै नेपाल प्रवेश गरौ बाटो छैन । नाकाबासीहरुको पिडा कस्ले सुन्ने । स्थानिय पालिका मौन बसेको छ ।’ राजपुर गाउँपालिका वडा नम्बर ७ भौवानाका निवासी श्याम झाँक्रीले भने, ‘नत बाटो मर्मत हुन्छ । न खाद्यान्न पु¥याउँछ पालिकाले ।’ कोरोना भाइरसको जोखिम केही कम हुन थालेपछि नेपाल सरकारले लकडाउन खुकुुलो बनाएको छ तर, हामीलाई खाद्यान्नको खुकुुलो भएको छैन । ‘लकडाउन खुकुुलो भयो तर, सिमा क्षेत्रमा खाद्यान्नको खुकुुलो भएको छैन ।

तिन चार घण्टा पैदल हिडेर पहाडको चुचुरोमा आएर जनप्रतिनिधिलाई फोन गर्दा उहाँहरुको फोन उठ्दैन, कहिले टावरले नै काम गर्दैन ।’ उनले भने । घरमा भएको खाद्यान्न सकिएपछि छरछिमेकमा अइचोपैचो गरेर गुजारा चलाउँदै आएको राजपुर गाउँपालिका वडा नम्बर ७ पूूर्ण रोकाले बताए । उनले भने, ‘लकडाउन हुनुुभन्दा अगाडि भारतबाट ल्याएको सबै अन्नपात सकियो । छरछिमेकमा कतिदिन सरसापट गरेर पेट पाल्ने हो । दैनिक उपभोग गर्न जाने छिमेकी राष्ट्र भारत कोरोना भाइरसका कारण सिमा नाका पूर्णरुपमा बन्द छ ।

नेपाल जाउ बाटो छैन । हामी नाकाबासी निकै ठूूलो चपेटामा परेका छौँ । यहाँ त रोगले भन्दा पनि भोकले मर्ने जस्तो भयो ।’ यता गाउँपालिका अध्यक्ष लोकराज केसीले भने वर्षाका कारण विग्रिएको बाटो मर्मत गरेर नाकाका बासिन्दाहरुलाई खाद्यान्न पु¥याइने बताए । ‘वर्षायामको समयलाई मध्यनजर गरेर जे.सि.वि. मेसिनलाई पटौली, खांग्रा र सुनपत्थरीनाकाको नयाँ ट्रयाकमा पठाइएको छ’ उनले भने, ‘सडक मर्मत गरेर सिमा क्षेत्रमा खाद्यान्न पठाउँछौं ।’

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २६ गते सोमबार