कोहलपुर :
बाँकेमा पुनः निषेधाज्ञा थप गरिएको छ । दैनिक दर्जनौ नयाँ कोरोना संक्रमित थपिन थाले पछि पुनः निषेधाज्ञा बढाईएको हो ।
जारी निषेधाज्ञाको म्याद शनिबार राती सकिदैछ ।
संक्रमणको अवस्थ झन झन जटिल बन्दै गएपछि आगामी मंगलबार सम्मका लागि निषेधाज्ञा बढाइएको जिल्ला प्रशास कार्यालय बाँकेले जनाएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समुदाय स्तरमै कोरोना पोजिटिभ केस बढ्दै गएकोले र आज मात्र बाँकेमा ४९ जना संक्रमित थपिएको हुँदा आउँदो मंगलबार राती १२ बजे सम्मकालागि निषेधाज्ञाको समय थप गरिएको जानकारी दिए ।
प्रकाशित मिति : २०७७ साउन २३ गते शुक्रबार










प्रतिक्रिया दिनुहोस्