जनता आवास कार्यक्रम अन्तर्गत बाँकेको कोहलपुरमा निर्माण भइरहेका घरहरुको मन्त्री पौडेलद्वारा अनुगमन



कोहलपुर/   जनता आवास कार्यक्रम अन्तर्गत बाँकेको कोहलपुरमा निर्माण भईरहेका विपन्न समुदायका घरहरुको अनुगमन गरिएको छ । कोहलपुर नगरपालिका वडा नं.१२ मा प्रदेश ५ सरकारको सहयोगमा सञ्चालित जनता आवास कार्यक्रम अन्तर्गत निर्माण भइरहेका विपन्न दलित समुदायका घरहरुको भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्री माननीय आरती पौडेलले अनुगमन गरेकी हुन ।

जनता आवास कार्यक्रम अन्तर्गत कोहलपुर १२ मा ३१ वटा घरहरु निर्माण भैरहेका छन् । अनुगमनका क्रममा मन्त्री पौडेलले विपन्न दलित परिवारहरुका लागि निर्माण भैरहेका घरहरुको किस्ता रकम छिट्टै निकासा गरिने प्रतिबद्धता जनाइन् । अनुगमनमा मन्त्री पौलेल, वडा नं.१२ का कार्यवहाक वडाअध्यक्ष नैन बहादुर शाही, कार्यपालिका सदस्य नारायणी वली लगायतको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २१ गते बुधबार