कोरोना कहर : ईप्रका कोहलपुर पनि शिल



कोहलपुर :

इलाका प्रहरी कार्यालय कोहलपुर शिल गरिएको छ । प्रहरी कार्यालयमा रहेका एक जना थुनुवामा कोरोना पोजेटिभ देखिएपछि कार्यालय शिल गरिएको हो ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्दले कार्यालयमा जोखिम बढेको भन्दै थप जोखिम नहोस भन्नको लागि आवातजावत बन्द गरिएको हो ।

उनका अनुसार साउन १४ गते ल्याईएका एक थुनुवामा कोरोना संक्रमण देखिएपछि यस्तो निर्णय गरिएको हो । ती व्यक्तिमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनले कार्यालयका आन्तरिक गतिविधि भने चलिरहेको जानकारी दिए ।

कार्यालयमा कामको लागि आउने सेवाग्राहीहरुको आवागमन तत्कालका लागि रोकिएको र कार्यालयमा रहेका थुनुवा कर्मचारी र प्रहरीरुको स्बाव संकलनको तयारी भइरहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २० गते मंगलबार