रावन विश्वकर्मा, बाँसगढी
नेपाल भारत सीमा क्षेत्रमा रासायनिक मल ल्याउन किसानको भिड लाग्ने गरेको छ । बजारमा रासायनिक मल नपाए पछि चिन्तित बनेका बर्दियाका किसानहरुको रासायनिक मल ल्याउन कै लागि सिमा क्षेत्रमा भिड लाग्ने गरेको छ । धान रोपेको महिनौ दिन पुग्न लाग्दा पनि मल नपाएका कति किसानले दोब्बर मुल्य तिरेर पनि खेतमा मल हाल्न बाध्य छन् । सरकारले पर्याप्त मात्रामा रासायनिक मल उत्पादन र खरीद् गर्न नसक्दा बजारमा मलको चरम अभाव देखिएको छ । 
रासायनिक मलको किसानले बर्षै पिच्छे अभाव खेप्नु पर्ने भए पनि भारतीय सीमा नाकाबाट मल ल्याउदै आएका थिए । तर यसबर्ष कोभिड–१९ का कारण सीमा नाका पनि ठप्प हुँदा किसानहले समयमा मल पाएका छैनन् । समयमा मल नपाएका किसानहरु अहिले भारतबाट निर्यात मल ल्याउन गुलरिया लालपुर क्षेत्रमा भिड लागेको हो । किसानहरुको मल अभावको समस्यालाई मध्य नजर गर्दै सम्बन्धित वडा कार्यालयको सिफारिसमा भारतको गुलरिया लालपुर क्षेत्रबाट किसानलाई रासायनिक मल ल्याउन दिइएको छ । मल ल्याउन कै लागि भए पनि सीमा क्षेत्रमा दिनभरी लाइनमा बसेर पनि किसानहरुले मल ल्याएउन बाध्य छन् ।
स्थानीय प्रशासनले वडा कार्यालयको सिफारिसमा किसानलाई ४ बोरा सम्म मल ल्याउन छुट दिएको छ । किसानहरुको लागि प्रशासनले छुट दिएको भए पनि बिचौलियाहरुको चहलपहल समेत बढेको छ । किसानहरुले अहिले लालपुर क्षेत्रबाट वडाको सिफारिसमा १ हजार ५० रुपैयाँ देखि १ हजार २ सय रुपैयाँ सम्म तिरेर पनि मल ल्याउन थालेका छन् । मल ल्याउन कै लागि लालपुर क्षेत्रमा सयौँ किसानहरुको भीड छ । भारत देखि भारतीय नागरिकहरुले मल ल्याएर बबई नदिमा ढुंङ्गाबाट मल नेपाल तर्फ ल्याई किसानहरुलाई बेच्ने गरेका छन् । किसानहरुलाई मल ल्याउनका लागि स्थानीय प्रहरीले पनि सहजिकरण गर्दै आएको छ ।
सरकारले कृषिबाट समृद्धि हासिल गर्ने देखि कृषि आधुनिकरण, यान्त्रीकरण लगायतका फुर्ति हाक्ने गरेको छ । स्थानिय सरकारहरुले पनि कृषि क्षेत्रलाई बिशेष प्राथमिकता राख्दै बजेट तथा कार्यक्रम ल्याउने गरेका छन् । तर बजेट तथा कार्यक्रममा कृषिलाई बिशेष प्राथमिकता दिईदै आए पनि किसानहरुले समयमा मल भने कहिल्यै पाउन सकेका छैन्न । किसानहरु मलको लागि भौतारिए पनि स्थानीय सरकार र सम्बन्धित नियकायहरुले पनि कुनै चासो समेत नदेखाएको किसानहरुको गुनासो छ ।









प्रतिक्रिया दिनुहोस्