कोहलपुरमा ‘लोकप्रिय शु सेन्टर’ खुल्यो



कोहलपुर ।

करिब चार महिना लामो लकडाउनपछि यहाँको व्यापार क्षेत्र खुल्दैछन् । मंगलबारदेखि सरकारले लकडाउन समेत पूर्णरुप हटाएको छ । योसँगै अब बन्द अवस्थामा रहेका व्यवसायिक उद्योग, होटल तथा अन्य व्यवसाय समेत सञ्चालन हुन थालिसकेका छन् । लकडाउन खुलेको पहिलो दिन बाँकेको कोहलपुरमा एक शु सेन्टर खुलेको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित धिताल पेट्रोल पम्प नजिकै स्वदेशी तथा विदेश ब्राण्डका जुत्ताकोहरुको बिक्रेता पसल ‘लोकप्रिय शु सेन्टर एण्ड फेन्सी स्टोर’को औपचारिक उद्घाटन गरिएको थियो । स्टोरको कोहलपुर उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नमप्रसाद शर्मा, उप–महासचिव मात्रिका सापकोटा र खानेपानी महासंघ कोहलपुरका सचिव नन्दलाल पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

उक्त अवसरमा बोल्दै उपाध्यक्ष शर्मा लकडाउन खुल्न वित्तिकै सुरु भएको व्यवसाय ग्राहकको माग अनुसार अघि बढ्ने आशा व्यक्त गरे । उनका अनुसार व्यवसायमा लगनशिलताका साथ लाग्नुपर्छ । ‘व्यवसाय नाफा मुलक मात्रै होइन होइन, सेवा समेत हो । त्यसैले सधै उत्तरदायि भएर काम गरेमा अवश्य सफल भइन्छ’ उनले भने । यता संघका उप–महासचिव सापकोटाले पनि व्यवसाय सफलताको शुभाकामना व्यक्त गरेका थिए ।

खानेपानी महासंघका सचिव पौडेलले पनि यो क्षेत्र कै सस्तो, शुलभ सेवाका लागि बजारको माग अनुसार चल्न सुझाव दिए । लोकप्रिय शु सेन्टरका प्रोपाइटर खेमराज शर्माले कोहलपुरमा अहिलेसम्म नरहेको स्वदेशी तथा विदेशी ब्राण्डका शुलभ मुल्यका फेन्सी तथा जुत्ता र चप्पलहरु पाइने जानकारी दिए । व्यवसाय क्षेत्रको लोकप्रियतालाई एउटा ब्राण्ड बनाउने लक्ष्य अन्र्तगत यो व्यवसाय सञ्चालन भएको उनले बताए । शु सेन्टरको स्थापनाका लागि २३ लाख लगानी भएको उनले भनाई रहेको छ । पसलमा रोयल, शिखर लगायतका ब्राण्डका सामग्रीहरु रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ८ गते बिहीबार