कोहलपुर ।
दार्चुलामा पहिरोमा परी घाइते भएका आमा–छोरीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उपचारको लागि कोहलपुर ल्याएको छ । मालिकार्जुन गाउँपालिका ८ शंकरपुर पस्तीमा पहिरोले पुरिएर घाइते भएका आमा–छोरीलाई उपचारको लागि कोहलपुर ल्याइएको हो ।
मंगलबार बिहान घरमाथिबाट आएको पहिरोले घर पुरिएर घाइते भएका ३५ वर्षीया लक्ष्मी दमाई र १२ वर्षीया सोनिया दमाईलाई थप उपचारको लागि दिउँसो मेडिकल कलेज कोहलपुर ल्याइएको थियो ।
नेपाली सेनाको एन ए ०५५ नम्बरको हेलिकोप्टरमार्फत् उपचारको लागि कोहलपुर ल्याइएको कोहलपुर प्रहरीले जनाएको छ । उनका छोरा शुवमको अवस्था भने सामान्य रहेको बताइएको छ । घरभित्र रहेका लक्ष्मीका २ जना भाइको भने मृत्यु भइसकेको छ ।
प्रकाशित मिति : २०७७ साउन ७ गते बुधबार









प्रतिक्रिया दिनुहोस्