नेपालगञ्ज ।
बाँकेको नेपालगञ्ज उप–महानगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयमा महिनावारीका समयमा छात्राहरुलाई सहज होस भनेर भेन्डिङ्ग मेसिन (सेनेटरी प्याड झिक्न मिल्ने मेसिन ) जडान गर्न थालेको छ । सोही क्रममा नगरको सरस्वती मावि र छात्रा मावि सल्यानीबागमा उप–प्रमुख उमा थापा मगरले आइतबार छुट्टा–छुट्टै कार्यक्रममा बीच मेसिनको उद्घाटन गरेकी थिइन् ।
उनले छात्राहरुको आत्मबल बढाउन र विद्यालयमा निरन्तरताका लागि भेन्डिङ्ग मेसिन राखिएको उनले बताइन् । उप–प्रमुख थापाका उनका अनुसार क्रमशः नगरका सबै सामुदायिक विद्यालयमा यो मेसिन राखिनेछ । ‘किशोरीमैत्री विद्यालय बनाउन यसले सहयोग पुग्नेछ’ उनले भनिन् । बाँकेमा सामुदायिक विद्यालयमा भेन्डिङ्ग मेसिन स्थापना गरिएको पहिलो पटक हो । प्रयोग भएका प्याडको डिष्पोजका लागि अलग्गै मेसिन राख्ने तयारी छ ।
महिनावारी भएको समयमा छात्राहरुले आफूसँग भएको कार्डको प्रयोग गरि आवश्कता अनुसारको प्याड मेसिनबाट झिक्न सक्ने भएकाले विद्यालय नियमित गर्न सहज हुने अपेक्षा गरिएको उप–महानगरपालिकाका शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताए ।
सरस्वती मावि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपीचन्द्र बर्नवाल, प्राचार्य सुरेशकुमार परसैला, शिक्षिका कोपिला अधिकारी, मावि सल्यानीबागका प्रधानाध्यापक बुधेशकुमार जयसवाल, परामर्शदाता किरण आचार्य लगायतले भेन्डिङ्ग मेसिनले विद्यालयमा छात्राहरुको निरन्तरतालाई सहयोग पुग्ने दाबी गरे ।









प्रतिक्रिया दिनुहोस्