१० असारबाट शुरु भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटिको बैठक आगामी साउन २ गतेसम्मको लागि स्थगित भएको छ । पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अधिकांश स्थायी कमिटि सदस्यहरुले राजिनामा समेत माग गरेका छन् । अझ् भन्ने हो भने पार्टीमा अन्तरद्धन्द्ध बढिरहेको छ ।ओलीको राजिनामा प्रकरणले नेकपा फुटको संघारमा पुगेको अड्कल काटिदैछ । दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच निरन्तर वार्ता भइरहेपनि निस्कर्षमा पुग्न सकेको छैन । अध्यक्ष प्रचण्डसहितका शीर्ष नेता ओलीको राजिनामाको पक्षमा छन् भने दुवै पदबाट आफू नहट्ने र पार्टीले निर्णय नै गरेपछि पार्टी फुटाउनेसम्मको चुनौती ओलीले दिइरहेका छन् । यसको प्रभाव पार्टीको तल्लो कमिटिसम्म देखा परेको छ । बाँकेमा समेत ओली पक्षका नेताहरुले पार्टीको निर्णय विरुद्ध प्रदर्शन तथा धर्ना दिइरहेका छन् । यसै सन्दर्भमा नेकपाको पछिल्लो विवाद, ओलीका पक्षमा भइरहेका प्रदर्शन र जिल्लामा देखिएको गुटगत प्रवृत्ति तथा समस्या समाधानको बिन्दु के होला भन्ने विषयमा नेकपा बाँकेका सचिव अशोक कोइरालासँग मिसन टुडेका शुभाकर विश्वकर्माले गरेको कुराकानी ।
१. नेकपाको पछिल्लो विवादलाई कसरी हेरिरहनु भएको छ ?
कम्युनिष्ट पार्टी भनेको जिवन्त पार्टी हो । यसमा साना तिना छलफल, मत मतान्तर, वादविवाद भइरहन्छन् । यी सबै सामान्य कुरा हुन् । मैले चाही कसरी हेरेको छु भने, यो विवादलाई सर्वप्रथम बाहिर ल्याउनु हुँदैन थियो । पार्टीका कमिटिभित्र बसेर समाधान गर्नु प¥थ्र्यो । तर यो कुरा बाहिर आयो । मिडियादेखि सामाजिक सञ्जालमा यो विषयले निकै व्यापकता पाएको छ । कार्यकर्तामा समेत यसको प्रभाव परेको देखिन्छ । म तपाईँलाई बताउ । यहाँ हुने नहुने प्रचार गरिएका छन् । फरक खालको पद्धती बसाइयो । यो कम्युनिष्ट पार्टी र कार्यकर्तालाई कत्ति पनि नसुहाउने विषय हो ।
अर्को कुरा भनेको हाम्रो जस्तो देशमा पार्टी केन्द्रमा अलि अलि विवाद, विरोध हुँदा स्थानीय स्तरमा देखिने कुरा सामान्य नै हुन् । कोही कसैको पक्ष होला, कोही कसैका समर्थक होलान्, त्यो फरक कुरा हो । सिंगो पार्टीको सिद्धान्त बोकेको कुरा होइन । गुटबन्दी हो । यसमा सबैलाई अनुरोध समेत गर्न चाहान्छु । भोली माथिका नेता मिलिहाल्ने अवस्था हुन सक्छ । सहमति भइहाल्न सक्छ । यहाँ हामीले झगडा गरेर, पक्ष र विपक्षमा रहेर शत्रु हसाउने काम हामीले गर्नु हुँदैन । बाँकेमा पनि धेरै ठूलो मतान्तर छैन । पार्टी जिल्ला कमिटिले एकताको पक्षमा वकालत गर्न कार्यकर्तालाई भनेको पनि छ । केही दिनमा बाँकेमा जिल्ला कमिटिको बैठक बस्छ । वडा, गाउँ÷नगर, जिल्ला र प्रदेश स्तरका नेताहरुको सहभागितामा एक मन र एकताका साथ देश र पार्टीको हितको विषयमा बोल्न र सोही अनुसार अघि बढ्नको लागि छलफल गर्छौ ।
२. स्थायी कमिटिको बैठक सरिरहेको छ, प्रधानमन्त्रीको राजिनामा मागिएपछि यत्रो ठूलो विवाद भयो । कम्युनिष्ट पार्टीमा पद ठूलो की नीति ?
कम्युनिष्ट पार्टीमा सबैभन्दा ठूलो भनेको नीति हुन्छ । नेता ठूलो हुँदैन । नीति नै हो । र नीति कै कारणले कम्युनिष्ट पार्टी मलाई लाग्छ । एसिया मै सबैभन्दा ठूलो कम्युनिष्ट पार्टी मध्ये एक बन्न पुगेको छ । सबै भन्दा धेरै जनमत समेत प्राप्त गरेको छ । नेपालको वर्तमान सरकार दुई तिहाईको नजिक छ । यस्तो हुनुको भनेको पार्टीले अंगालेको नीति हो । नेता होइन । पद वा अरु कुनै कारणले विवाद भइरहनु स्वाभाविक हो । जुन मान्छे नीति, विधि, जनादेश र जनता प्रति उत्तरदायी भएर हिड्छ । त्यो मान्छे कहिल्यै पछि पर्दैन । उनीहरु सम्मानित नै हुन्छन् । यो त व्यक्ति भन्दा पनि नीति, सिद्धान्त र असल व्यवहारले चल्ने कुरा हो । अर्का कुरा भनेको सरकारले जनताको पक्षमा काम गरेको हो की होइन भनेर पार्टीका विभिन्न कमिटि छन्, केन्द्रीय कमिटि छ । यसले निर्णय गर्न सक्छ । यहाँका तल्ला कमिटिको यसमा भूमिका हुँदैन । तर माथिल्लो कमिटिले सही निर्णय गरोस् भन्नको लागि विना पूर्वाग्रह दबाव दिन सकिन्छ । पार्टीले सरकार चलाउने हो सरकार पार्टीको निर्णय अनुसार चल्नु नै पर्छ । तर पार्टीले समेत जनताको पक्षमा काम गरेपछि सरकारलाई पूर्ण रुपमा समर्थन गर्नुपर्छ । सरकार सफल भयो भने पार्टी अफल हुन्छ । पार्टी सफल भएन सरकारले सफल हुने हो ।
यस्ता कुरामा कार्यकर्ता र नेताले गम्भीर भएर सोच्नुपर्छ । तपाईको लोकप्रिय मिडिया मार्फत अनुरोध गर्न चाहन्छु । बाँकेमा गहन एकता छ फूट र गुट कुनै पनि कुरा छैन । साना तिना मतमतान्तर भएपनि ठूलो रुपमा लिनु हुँदैन भन्न चाहन्छु । भ्रममा नपर्न म सबैलाई आग्रह गर्न चाहन्छु । आजको हाम्रो व्यवहारले भोलीको पार्टी र सरकारको भविश्य माथि खतरा हुन सक्छ । त्यसैले हामी सच्चिनैपर्छ । एकताबद्ध भएर अघि बढ्नु पर्छ । अब चुनावको समय समेत लामो छैन । नेताको व्यवहार अनुसार जनता निर्देशित हुन्छन् । यो ठूलो विषय होइन । सामान्य अवस्था हो । यस्तो अवस्थामा फुट्ने भन्दा पनि एकताको माध्यमबाट नेकपाको फुट चाहने शक्तिका विरुद्धमा लड्नुपर्छ । सिमित शक्तिकेन्द्रको मतियार हामी हुनुहुँदैन । सबै एक ढिक्का बनौ । माथिका नेतालाई समेत भनौं । तपाईँहरु विवाद नगर्नुहोस । विभिन्न माध्यमबाट दबाव दिऔँ । जिल्ला सचिवको नाताले समपूर्ण नेताहरुलाई नेपालमा कम्युनिष्ट पार्टी बीच भएको एकतालाई जोगाई राख्न आग्रह गर्न चाहन्छु ।
३. पछिल्ला केही दिनयता बाँकेमा पनि पार्टी निर्देशन विपरित प्रधानमन्त्रीको पक्षमा एकोहोरो प्रदर्शन भइरहेको छ, पार्टी कमिटि मौन किन छ ?
जहाँसम्म बाँकेमा भइरहेका गतिविधिका विषयमा कुरा उठाउनु भयो । यहाँ त विरोध प्रदर्शन गरेर, धर्ना दिएर समस्या समाधान हुन्छ । न त हाम्रो संसदीय पद्धतीले नै स्विकार गर्छ । यहाँ जे सुकै गरेपनि, जति कराएपनि केही हुँदैन । यदि प्रधानमन्त्रीलाई हटाउनै परे संसद चाहिन्छ । बहुमतले हटाउने होला । सडकमा कसैले विरोध गर्दैमा वा समर्थन गरेर चर्को नारा लगाउँदैमा केही होला जस्तो मलाई लाग्दैन । यो पद्धती अनुकूल समेत छैन । सबै मिलेर खबरदार तपाईँहरुले पार्टी फुटाउनु पाउनु हुन्न है भन्न सक्नु प¥यो । स्वार्थ अनुकुन निर्णय गर्ने, पार्टी फुटाउने, पद लोभमा परी जनताको हित विपरित निर्णय गर्छन भने सचेत गराऔँ । एक मन एकताका साथ अघि बढौं । हामी नै फुट्यौं र जुटेनौं भने माथि पनि त्यस्तै हुन्छ । केही विरोधका गतिविधि भइरहेका छन् । बाँकेमा निकै मतभेदहरु यहाँका कार्यकर्तामा भएको मैले पाएको छैन । त्यसो छैन यहाँ । कोही कसैले समर्थन र विरोध जिल्ला पार्टीको धारणा होइन ।
४. प्रधानमन्त्री ओलीको पक्षमा भइरहेको एक पक्षीय प्रदर्शन र धर्नाका विषयमा जिल्ला कमिटिलाई जानकारी छ की छैन ? जुन पार्टी एकता भन्दा पनि फुटलाई मलजल गर्ने किसिमको छ ?
अहिले बाँकेमा भइरहेको प्रदर्शनमा विषयमा के हो भने केही साथीहरुले अहिले प्रधानमन्त्रीको विषयमा प्रदर्शन गरिरहनु भएको छ । यसमा विषयमा म पार्टीको सचिव भएपनि जसले आन्दोलन, प्रदर्शन गरिरहनु भएको छ । उहाँहरुले जानकारी दिनु भएको छैन । मलाई थाहा छैन । फेसबुकमा लेखेका कुरालाई म आधार मान्दिन । बोल्दिन पनि । अर्को कुरा के हो भने त्यस्तो गरेर हामी जित्दा पनि जित्दैनौ । यो विधि पनि होइन । छलफल गर्ने, तर्क गर्ने भनेको बैठकमा हो । जुन कम्युनिष्ट पार्टीको एक प्रक्रिया हो । सहमति निर्णय सबै बैठकबाटै गर्ने हो । सुझाव, सल्लाह, दबाव सबै बैठकबाटै दिने हो । त्यसो भएर कोही साथीहरुले गर्नु भएको छ भने हामी त्यस्ता गतिविधि नगर्न आग्रह गर्छौ । र यो पनि भन्न चाहन्छु । केही गुनासा भए पार्टीको आधिकारिक कमिटिमा राख्न सकिन्छ । यो पनि सत्य हो की पूर्व एमाले, पूर्व माओवादी भन्ने नै छैन ।
५. तपाईँले भने जस्तो केही व्यक्तिले गरेको प्रदर्शन पार्टीको होइन भने त पार्टीको निर्णय विपरित जानेलाई कारबाही हुन्छ होला नी ।
त्यो त पछिको कुरा भयो । हामी बसेर छलफल गर्छौ । पार्टीको बैठक गर्छौ । नीतिगत रुपमा निर्णय हुन्छ । मैले व्यक्तिगत रुपमा यसो हुन्छ उसो हुन्छ भन्न मिल्दैन । तर कुरा के हो भने त्यस्तो गर्नु राम्रो होइन । त्यसो नगर्न मैले सबै पक्षलाई अनुरोध गरेको छु । अहिले अवस्था अलि जटिल बनेको छ । त्यो सबैले बुझनु भएकै कुरा छ । पार्टीको केन्द्र मै धेरै कुरा अनुशासन भित्र छैन भने यसको प्रभाव स्थानीय स्तरमा पर्ने नै भयो । त्यसको लागि त पानीको मुल नै सफा हुनुपर्छ । मुहान सफा भएन भने पानी सफा भएको कुनै अर्थ पनि हुँदैन । तर सबैलाई अनुरोध गरिएको अवस्था छ । आगामी दिनमा त्यस्तो अवस्था सायद नबन्ला । केही साथीहरुले गर्नु भयो । त्यसैलाई फेरी पार्टीले नै ग¥यो भने हुँदैन । जबकी नेकपा बाँकेले त्यस्तो केही गरेको छैन । केही व्यक्तिहरुले गर्नु भएको छ । त्यसो गर्नु हुँदैन । यस्ता कार्यले झन् कार्यकर्ता बीच दुरी बढाउने काम हुन्छ । माथि मिल्ने अनि यहाँ दुरी बढ्ने काम भयो भने राम्रो हुने छैन । पार्टी र स्वयम् व्यक्तिका लागि समेत यो कुरा हितकर छैन ।
६. प्रधानमन्त्रीका नाममा देशभर भइरहेका प्रदर्शन स्वभाविक हुन की निर्देशित हुन्, यसमा तपाईँको धारणा के छ ?
जहाँसम्म तपाईँले भन्नु भयो, प्रधानमन्त्री ज्युले मेरा विषयमा प्रदर्शन गर भने निर्देशन नै दिनु भएको होला भन्ने मलाई लाग्दैन । तर देशभर झै यहाँ पनि प्रदर्शन भइरहेको छ । यदि त्यस्तो हो । प्रधानमन्त्री ज्युले त्यस्तो निर्देशन नै दिनु भएको भए राम्रो कुरा होइन । यस्ता क्रियाकलापले एकतालाई बल पु¥याउँदैन । कसैले जानेर वा नजानेर यसो गरिरहनु भएको छ भने विल्कुल गलत हो । जहाँसम्म पूर्व एमालेका कार्यकर्ताहरुले प्रदर्शन गरिरहेका छन् भन्ने छ । त्यो कुरा चाही देखिएको हो । एमाले भन्ने पार्टी नै छैन भने त्यसो हुन सम्भव छैन । कोही कसैले एक व्यक्तिको भक्तिको लागि काम गर्छ भने त्यो जनताको जनादेश विरुद्धको काम हो । नेकपा प्रति जुन विस्वास छ । त्यो कायम राख्नको लागि हामीले प्रयत्न गर्नुपर्छ ।
७. अन्त्यमा नेकपा विवाद कुन विन्दुमा गएर समाधान होला के भन्नुहुन्छ ?
अबको विकल्प दुई वटा मात्रै छन् । एक पछिल्लो समय दुई अध्यक्ष बीच पार्टी एकता बलियो बनाउने विषय मै छलफल भइरहेको छ । अर्को भनेको स्थायी कमिटिको निर्णय नै हो । यसमा बीचमा भइरहेका छलफलले पक्कै पनि केही निर्णय त पक्कै गर्ला । सहमति होला । सबै कार्यकर्ता यही आसमा छांै । एकतालाई सार्थक बनाउनको लागि सहमति नै अहिलेको आवश्यकता हो भने स्थायी कमिटिको बैठकले उपयुक्त निर्णय लिनु पर्छ । अबको विकल्प भनेको यही हो । अर्कातिर नेकपा बाँकेले पार्टीको हित विपरित कसैलाई नबोल्न र पार्टीको निर्देशन अनुसार चल्न भनिरहेको छ । सबैलाई मेरो आग्रह छ । एकजुट भएर अघि बढौँ ।










प्रतिक्रिया दिनुहोस्