केही महिनादे िखजारी कोरोना कहर अझै रोकिएको छैन । विगत चार महिना यता भएको लकडाउन अझै विद्यमान छ । लगातारको लकडाउनले सिंगो देशको आर्थिक स्थिति नराम्रोसँग प्रभावित भयो । नेपालमा अझै कोरोना कहर कतिञ्जेल रहने हो यसै भन्न सकिदैन । यसले गर्दा सिंगो देशको अर्थतन्त्र खुम्चदै गइरहेको अवस्था छ । बिना विकल्प लगातार गरिएको लकडाउनले सिंगो राष्ट्र प्रभावित छ । यसले गर्दा देशभरका विभिन्न व्यवसायीहरु निकै प्रभावित भएका छन् । उनीहरुको व्यवसाय मात्रै रोकिएको छैन । त्यहाँ काम गर्ने लाखौं कर्मचारीहरुको रोजगारी गुमेको छ ।
बेरोजगार भएर बस्नु पर्दा निकै दयनीय अवस्थामा दैनिक काम गरि खाने वर्ग पुगेको छ । यही अवस्था लामो समय रहने हो भने झन् समस्या हुने निश्चित छ । बाँकेमा समेत व्यवसाय क्षेत्र लामो समय बन्द अवस्थामा रहे । सामान्य पसलदेखि ठूलो उद्योग, होटलहरु केही दिनअघि खुलेपछि अवस्था सामान्य बन्न सकेको छैन । तर ठूलो आर्थिक क्षेत्र अझै खुल्न सकेका छैनन् । यसले गर्दा यहाँका व्यवसायी, त्यहाँ काम गर्ने कामदार झन् मारमा पर्ने देखिन्छ । यहाँका उद्योग वाणिज्य संघ, होटल व्यवसायी संघ लगायत अहिले कोही आन्दोलनमा छन् भने कोही आन्दोलनको तयारीमा छन् । आफुहरुको लागि सरकारले राहातको कार्यक्रम ल्याउनुपर्ने उनीहरुको माग छ । लकडाउनका कारण बाँकेमा मात्रै होटल क्षेत्रमा काम गर्ने ११ हजार मजदुर प्रभावित छन् । अर्कातिर होटल व्यवसायीहरुको दुःख पनि कम छैन । उनीहरु सरकारसँग विभिन्न छुटको सुविधाका लागि गुहार गरिरहेका छन् । यस्तै नेपालगञ्ज उद्योग वाणिज्य संघले समेत वस्तुगत संस्थाहरुसँग आन्दोलनको बारेमा छलफल गरिसकेको अवस्था छ । कोरोनाका कारण व्यवसाय तथा उद्योग क्षेत्र अस्तव्यवस्त भएको भन्दै उनीहरुले विशेष राहात प्याकेजको माग गरिरहेका छन् ।
सरकारको नीति तथा कार्यक्रम र बजेटमा उद्योग क्षेत्रलाई प्राथमिकतामा नदिइएको व्यवसायीहरुको गुनासो रहदै आएको छ । यद्यपी मौद्रिक नीतिमा व्यवसाय क्षेत्र समेटिनेमा उनीहरु आशाबादी देखिन्छन् । यसमा सरकारले ध्यान दिनैपर्छ । व्यवसाय क्षेत्र उकास्नको लागि सरकारको भूमिका महत्वपूर्ण रहने हुनाले सोच्नै पर्ने बेला आएको छ । त्यो भन्दा पनि त्यहाँ काम गर्ने गरिब वर्ग झन मर्माहत भएको छ । सरकारले बेरोजगार बनेका ती काम गरि खाने वर्गहरुको समस्या समाधानको लागि अग्रसर हुनुको विकल्प छैन ।









प्रतिक्रिया दिनुहोस्