मानिसको जीवन दुःख सुखको मिलन हो । अहिले दुःख गर्नुपर्छ त कहिले सुख हुन्छ । जिन्दगी रुपि रथ एकैनासले चल्दैन प्राय । यही मानिस कोही धनी छन् त कोही गरिब । कति रोगी भएर जिउँदो लास भइरहेका छन् । रोग नभएका मानिस सायदै होलान् संसारमा । जन्म र मृत्यु सत्य भएपनि कारण भने फरक छन् । पछिल्लो समय कोरोनाले मानिसहरुको मृत्यु भइरहेको छ । यसमा रोगी र निरोगी दुवैको मृत्यु भइरहेको छ । कारण मात्रै कोरोना बनेको छ । मृत्युका अनेक कारण हुन्छन् । कोरोनाका कारण मृत्यु हुनेमा अधिंकाश दीर्घ रोगी छन् । उनीहरुमा कुनै न कुनै प्रकारको रोगको संक्रमण छ । मानिस दुःखी बन्न नै चाहदैन ।
तर कतिपय मानिसहरु दुःखै दुःखको जिन्दगी जिउन बाध्य छन् । लकडाउनको समयमा सबै भन्दा बढी मारमा आर्थिक स्थिति कमजोर भएकाहरु नै छन् । उनीहरुको दैनिकी निकै कष्टकर समेत छ । भने विभिन्न रोगले थलिरहेकाहरु कारुणिक जीवन जिउन बाध्य छन् । त्यस्तै मध्येकी एक हुन्, कोहलपुर १ की सिमा शिरिस । पाठेघर क्यान्सर भएकी उनी जिउनु न मर्नुको दोसादमा छ उनको जिन्दगी । १० वर्षदेखि उनले पाठेघरको क्याक्सरसँग लडिरहेकी छन् । उनको घरको आर्थिक स्थिति निकै कमजोर छ । श्रीमान मजदुरी गर्छन् । छोराछोरीको पढाई रोकिएको छ । सिमाको उपचार कै लागि घर समेत बेचिएको छ ।
पाठेघर क्यान्सरको अप्रेसनको विकल्प छैन । संविधानले स्वास्थ्योपचार निःशुल्क भनेको छ । स्वास्थ्य बीमाको समेत अवधारणा सरकारले ल्याएको छ । तर सिमा जस्ता विपन्न नागरिकले आर्थिक अभाव कै कारण मर्नु र बाँच्नुको अवस्था छ । स्थानीय सरकार छ । उनी जस्ताको दुःख कहिल्यै देखेको छैन । पहुँच हुनेको मात्रै पक्षमा छ सरकारी पक्ष । यस्तै अधिकारकर्मी नाममा संस्था छन् । उनीहरुले आफूहरु समाजका दुःखी, गरिब, विपन्न र असहायलाई सेवा गरिरहेको दाबि गर्छन् । तर उनीहरुले आँखा पुग्न सकेको छैन । ती अधिकारकर्मीहरुले सिमा जस्ताहरुको दुःखमा मलम लगाउन सकेका छैनन् । सिमा जस्ता कति धेरै दुःखी मानिसहरु छन् । यो कुरामा अधिकारकर्मी भनिएकाहरुको ध्यान जानैपर्छ । उनीहरुले पैसामुखी मात्रै नभई गरिब र दुःखी तथा रोगीहरुको पक्षमा सहयोग गर्नुपर्छ ।









प्रतिक्रिया दिनुहोस्