कोहलपुर ।
बाँकेको कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्र कोहलपुरले व्यवसायीहरुलाई एक महिनाको सटर भाडा छुट दिने भएको छ । आईतबार बसेको कार्यसमितिको बैठकले भाडा छुट दिने निर्णय गरेको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिए ।
‘लकडाउनका कारण हाल देखिएको आर्थिक मन्दीले व्यवसाय चौपट्ट भएको छ’ उनले भने, ‘त्यसैले हामीले न्युनतम एक महिनाको भाँडा छुट गरी व्यवसायीलाई राहात दिने निर्णय हौं ।’ पुस्तकालयको आय स्रोत नै सटर भाडा भएकाले लकडाउन अवधीभरीको भाडा छुट दिन नसकिएको पुस्तकालयले जनाएको छ । ‘हाम्रो स्रोत भनेकै सटर भाडा हो’ अध्यक्ष भट्टराईले भने, ‘भाडाले तिन जना कर्मचारीको तलव भत्ता र कार्यालय खर्च चल्ने गरेको छ ।’
पुस्तकालयले कोहलपुर क्षेत्रका क्रियाशिल पत्रकारहरुलाई मास्क र सेनिटाईजर वितरण गर्नुका साथैं रिड नेपालद्धारा संचालित सामुदायिक पुस्ताकालयको केन्द्रिय राहात कोषमा २७ हजार रकम समेत सहयोग गरेको थियो । कोहलपुर नगरपालिका, नगरविकास समिति र विभिन्न संस्थाहरुका सटरहरुको भाडा छुट नगरिरहेको अवस्थामा पुस्तकालयले एक महिनाको भाडा छुट गरेको हो । यसले केही भएपनि राहात भएको व्यवसायीहरुले बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्