रावन विश्वकर्मा । बाँसगढी । बर्दिया ।
बर्दियाको बारबर्दिया नगरपालिकाले सडक निर्माणलाई मुख्य प्राथमिकतामा राख्दै निति तथा कार्यक्रम ल्याएको छ । नगरपालिकाको ७ औँ नगर सभामा आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि निति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिएको हो ।
नगर प्रमुख दुर्गा बहादुर थारुले भौतिक पुर्वाधार विकास, आर्थिक विकास, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी लगायतका योजनाहरुलाई निरन्तरता दिदैं निति तथा कार्यक्रम नगर सभामा पेस गरेका हुन् । नगरपालिकाले विकासको मुख्य आधार सडक निर्माण नै भएकाले यसैलाई पहिलो प्राथमिकतामा राखिएको हो । सडक निर्माण कार्यलाई तिव्रता दिदंै पुरा हुन नसकेका र क्रमांगत आयोजनाहरुलाई पनि प्राथमिकतामा राखि पुर्णता दिईने निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
त्यस्तै नगरपालिका क्षेत्र भित्र ५ मिटर भन्दा कम चौडाईका सडकमा लगानी नगर्ने, सडकहरुलाई न्युनतम ६ मिटर कायम गर्ने, सडक सञ्जालका आधारमा गौरवका सडकहरुको स्तरउन्नतीका कार्यलाई पनि यसै आर्थिक वर्षमा सम्पन्न गर्नुका साथै नगरका गौरवका सडकहरु कालोपत्रे गर्ने कार्यलाई पनि निरन्तरता दिईनेछ । नगर क्षेत्रका सार्वजनिक जग्गाको संरक्षण वडा समिति र समुदायको सहभागितामा गरिने, नगरपालिका बाढी कटान र डुबानको उच्च जोखिममा रहेकाले संघिय र प्रदेश सरकारको सहकार्यमा तटबन्धन गरी नगरलाई सुरक्षित बनाउने, सिचाई प्रणालीलाई व्यवस्थित बनाउने, भुमि सिचाई आयोजनालाई समेत समावेश गरिने छ ।
नगरपालिकाले “स्वच्छ पिउने पानी, स्वस्थ जिन्दगानी” भन्ने नाराका साथ वास योजना निर्माण कार्यलाई प्राथमिता दिने, अधुरा खानेपानी आयोजनालाई सञ्चालन गर्न आबश्यक ब्यबस्था मिलाउने, नगर क्षेत्रमा सरसफाई सम्बन्धि चेतना अभिबृद्धि गर्ने तथा सरसफाई आभियानलाई सञ्चालन लगायत नगर सभामा प्रस्तुत निति तथा कार्यक्रममा उल्लेख छ । नगर सभा आईतबार ११ बजेसम्मका लागि स्थगित गरिएको बारबर्दिया नगरपालिका उपप्रमुख अञ्जु कुमारी दहितले जानकारी दिईन ।









प्रतिक्रिया दिनुहोस्