सञ्चारकर्मीलाई स्वास्थ्य सामग्री



कोहलपुर ।

बाँके कोहलपुरका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराइएको छ । कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालयले कोरोना कहरमा अग्रभागमा रहेर काम गर्दै आएका यहाँका पत्रकाहरुलाई सुरक्षा सामग्री वितरण गरेको हो ।

दुई दर्जन बढि सञ्चारकर्मीहरुलाई जनही एउटा एन ९५ मास्क र सेनिटाईजर उपलब्ध गराइएको पुस्तकालयका अध्यक्ष भट्टराईले जानकारी दिए । ‘सामाजिक उत्तरदायित्व अन्तर्गत समाजको अग्रभागमा रहेका काम गर्दै आईरहेका सञ्चारकर्मीहरुलाई स्वास्थ्य सुरक्षा सामग्री उपलब्ध गराइएका हौं’ उनले भने, ‘आगामी दिनमा समेत पुस्तकालयको तर्फबाट सक्दो सहयोग गर्नेछौं ।’

  • No tags available
प्रकाशित मिति : २०७७ असार ४ गते बिहीबार