पछिल्लो २४ घण्टामा थपिए ३ सय ८० संक्रमित



काठमाडौं ।

पछिल्लो २४ घण्टामा ‍‍ ३ सय ८० जना कोरोनाका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार यीसहित हालसम्म कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ। उनका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ५५ जनाको पिसिआर परीक्षण भएको छ।

यसअघि हिजो ४५१ जना संक्रमित थपिएका थिए। त्यस्तै हालसम्म मृत्यु भएका १९ जनामा कोरोना पुष्टि भएको छ।

त्यस्तै विभिन्न अस्पतालहरुबाट मंगलबार ११७ जना कोरोनाबाट निको भई घर फर्किएका छन्। जसमा ८ महिला र १०९ पुरुष छन्।

यीसहित निको हुनेको संख्या १ हजार १५८ जना छन्।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २ गते मंगलबार