स्वास्थ्य सामग्री हस्तान्तरण



कोहलपुर ।

बाँकेको कोहलपुरमा क्वारेन्टिनमा स्वास्थ्य सामग्री प्रदान गरिएको छ । सोमबार जनज्योति प्राथामिक विद्यालयको क्वारेन्टिनमा राखिएका व्यक्तिहरुलाई समाज सेवा संस्था नेपालले स्वास्थ्य साम्रागी वितरण गरेको हो । कोहलपुर वडा नं. ९ को सहयोगमा संस्थाले उक्त स्वास्थ्य साम्रगी हस्तान्तरण गरेको थियो ।

साम्रागी हस्तान्तरण कार्यक्रममा बोल्दै नगर प्रमुख लुट बहादुर रावतले कोरोना संक्रमणबाट सुरक्षित रहन कोहलपुर नगरबासीलाई आग्रह गरे । ‘अत्यावश्यकमा बाहिर जाँदा र अन्य केही कामकाज गर्दा समेत अनिवार्य रुपमा पञ्जा र माक्स लगानुहोस्’ उनले भने ‘कृपया तपाई÷हाम्रोे लागि हो, अन्य व्यक्तिहरुको लागि होइन ।’ समाज सेवा संस्था नेपालका अध्यक्ष बिनोद थापाले क्वारेन्टिनमा रहेका मुस्लिम तथा विपन्न परिवारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको जानकारी दिए ।

‘क्वारेन्टिनमा रहेका ९ जनालाई प्रति व्यक्ति १४ थान माक्स, ३ थान सेनिटाइजर, १० थान पञ्जा, १४ पिस साबुन, २ पिस सोडा उपलब्ध गराएका छौं’ उनले भने ‘थप अन्य सामग्री मुस्लिम समुदाय र विपन्न वर्गका मानिसहरुलाई दिएका थियौं ।’ जसमा २ हजार ३ सय ६६ पिस मास्क, १ सय ६९ पिस सेनिटाइजर, २ सय ८६ पिस पन्जा, १ हजार ६ सय ९० पिस साबुन, १ सय ६९ पिस सोडा र १ सय ६९ पिस नोभान रहेको उनले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार २ गते मंगलबार