प्रादेशिक पर्यटन मार्गलाई ४० लाख बजेट



कोहलपुर ।

बाँकेको कोहलपुर हुँदै सल्यान जोड्ने पर्यटकीय मार्गको निर्माणको लागि संघीय सरकारले ४० लाख बजेट विनियोजन गरेको छ । विभिन्न प्रदेश जोड्ने विशेष महत्वको पर्यटकीय मार्गको निर्माणको लागि संघीय सरकारले ४० लाख बजेट विनियोजन गरेको हो । सरकारले आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा अन्तर प्रादेशीय प्रर्यटन माग निर्माणका लागि ४० लाख बजेट विनियोजन गरिएको छ ।

यस अघि यो मार्ग निर्माण गर्न पहल गर्ने उद्देश्यले बनेको संघर्ष समितिले प्रदेश पाँच सरकारका विभिन्न मन्त्री, कर्णाली प्रदेश योजना आयोग, राष्ट्रिय योजना आयोग, बाँकेबाट प्रतिनिधित्व गर्ने सांसदहरुलाई १० करोड बजेट माग गर्दै विभिन्न चरणमा ज्ञापन पत्रका बुझाएको थियो । संघर्ष समितिका संयोजक सुर्य ढकालले कोरोना कहरका बीचमा सरकारले पर्यटन मागको लागि बजेट छुट्याएको जानकारी दिए । उनका अनुसार उक्त मार्ग निर्माण भएमा बाँकेको बागेश्वरी, सल्यानको कुपिण्डे दह, डोल्पाको से–फोक्सुण्डो र मानसरोवर सम्म पर्यटकीय तथा धार्मिक गतिविधि मार्फत आर्थिक र सडक समृद्धि हुनेछ ।

यति मात्रै नभइ यो मार्गले तीन वटा प्रदेशलाई समेत जोड्ने बताए । यो मार्ग अन्तर्गत अब कोहलपुरदेखि सल्यानसम्म पुग्न जम्मा ९ किलोमिटर मात्रै बाँकि छ । ‘हामीले विभिन्न क्षेत्रमा १ दर्जन बढि सांसद मन्त्री, राजनीतिक दलका प्रतिनिधिहरुलाई ज्ञापन पत्र बुझाएका थियांै, आगामी आवको लागि सरकारले बजेट विनियोजन गरेको छ । हाम्रो संघर्षको केही प्रतिफल मिलेको छ । म निकै आशाबादी भएको छु ।’ मिसन टुडेसँग कुराकानी गर्दै उनले भने । कोहलपुरदेखि मान सरोवरसम्म यो मार्ग करिब ८० देखि ८५ किलोमिटर रहेको छ । विशेष महत्वको यो मार्ग पुरा नहुञ्जेल सम्मको लागि निरन्तर दबाव जारी रहने संयोजक ढकालले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ असार १ गते सोमबार