नेपालमा सोमबार ३१४ जना कोरोनाभाइरसका संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा विभिन्न जिल्लामा ३१४ जना संक्रमित थपिएका हुन्। संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन्।
प्रकाशित मिति : २०७७ जेठ २६ गते सोमबार









प्रतिक्रिया दिनुहोस्