कोहलपुर ।
झगरीलाल वाग्ले युवा पत्रकारिता पुरस्कारबाट मिसनकर्मी डिल्ली शाही पुरस्कृत भएका छन् । नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष पत्रकार प्रदिप वाग्लेले आफ्ना स्वर्गीय बुवाको स्मृतिमा स्थापना गरेको यूवा पत्रकारिता पुरस्कारबाट मिसनकर्मी शाही पुरस्कृत भएका हुन् ।
वाग्लेको प्रथम स्मृति दिवसका अवसरमा आइतबार एक कार्यक्रमका बीच शाहीलाई नगद ४ हजार सहित प्रमाणपत्र प्रदान गरिएको हो । यस्तै झगरीलाल वाग्ले स्मृति विकास पत्रकारिता पुरस्कार भेषराज बस्नेतलाई प्रदान गरिएको छ । बस्नेतलाई नगद् ६ हजार सहित पुरस्कृत गरिएको संरक्षक वाग्लेले जानकारी दिए ।
प्रेस संगठन बाँकेसँगको सहकार्यमा वाग्लेले स्थापना गरेको पुरस्कार हरेक वर्ष बाँकेका २ जना पत्रकारलाई प्रदान गरिने बताइएको छ । घोषित पुरस्कार हरेक वर्ष जेठ १८ गते स्मृति दिवसका दिन वितरण गरिने भएपनि कोरोना कहर र अन्य विषय परिस्थितिका कारण आइतबार एक कार्यक्रमको आयोजना गरि पुरस्कार प्रदान गरिएको हो । नेकपा बाँकेका अध्यक्ष इन्द्रप्रसाद खरेलले पुरस्कृत दुवै जनालाई आगामी दिनमा झन् सक्रिय रुपमा जनपक्षीय पत्रकारिता गर्न आग्रह गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्