सम्पादकीय : कोरोना जित्नेलाई सम्मान गरौ



देशभर कोरोना संक्रमित तथा मृत्यु हुनेको संख्या बढिरहदा जित्नेहरुको संख्यापनि बढ्दो क्रममा छ । पछिल्लो साता नेपालमा ठूलो संख्यामा संक्रमित बढिरहेका छन् । आइतबारसम्म कुल संक्रमिको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । मृत्यु हुनेको संख्या १३ पुगेको छ । भने ४ सय ६७ जना निको भएर घर फर्किएका छन् । हालसम्म देशका ७१ जिल्लामा संक्रमण देखिएको छ । हालसम्म पीसीआर विधिबाट ९६ हजार २ सय ५ र आरडीटी विधिबाट १ लाख ४५ हजार ४९ नमूना परीक्षण भएका छन् । गत २४ घन्टामा पीसीआर विधिबाट ३७ सय २८ र आरडीटी विधिबाट ७६ सय १४ परीक्षण नमूना भएका छन् । विश्वमा कुल ७० लाख ४ हजार १३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख २ हजार ६ सय ६० रहेको छ । कुल संक्रमित मध्ये ३४ लाख २५ हजार ६ सय ३० जनाले कोरोनालाई जितेका छन् । नेपालमा पनि दैनिक न्युनतम ५० देखि अधिकतम १ सय जनाले कोरोनालाई जितिरहेका छन् । नेपालमा कोरोना संक्रमण देखिएपछि संक्रमितलाई गरिने व्यवहारका विषयमा विभिन्न खाले टिकाटिप्पणी समेत सुनिन्छ । कोरोना लाग्यो भने सर्वनाश नै भयो भन्ने सोचका कारण उनीहरुलाई समाजमा पुर्नस्थापित हुन समस्या हुने गरेको छ । नेपालमा अहिलेसम्म कोरोना जित्नेहरुको लगभग एउटै भनाई छ । त्यो हो आत्मविस्वास नहार्ने । यही आत्म विस्वासका कारण नेपालीहरु पनि कोरोना जित्दैछन् । यो हाम्रो लागि राम्रो पक्ष हो । तर उनीहरु संक्रमण जितेर फर्किएपछि हाम्रो समाजले गर्ने व्यवहारले उनीहरुलाई कस्तो असर गर्छ हामीले सोच्नुपर्छ ।

कतिपय नेपाली समाज अहिले पनि विभिन्न प्रथा र अन्धविस्वासमा आधारित छ । अहिले कोरोना संकटको बेलामा यस्तो अन्धाविस्वासका कारण धेरै मानिसहरुलाई मनोवैज्ञानिक रुपमा पनि असर गरिरहेको छ । त्यसैले उनीहरुलाई हामीले सम्मान गर्नु पर्छ । हौसला दिनु पर्छ । यस्तो अवस्थामा कोरोनालाई जित्नु भनेको नयाँ जीवन पाउनु जस्तै हो । त्यसैले सबैले उनीहरुलाई हेयको दृष्टिले होइन । राम्रो नजरले हेरौ । र उनीहरुलाई परिवारले समेत राम्रो उनीहरुलाई प्रेरणा दिने काम गर्नुको विकल्प छैन । विभिन्न गाउँ, क्षेत्र र जिल्लाका हरेक नागरिकले सोच्नु पर्छ की कोरोना संक्रमित हुनुको भनेको जीवनको समाप्ति कदापि होइन । भने कोरोना एक जना व्यक्तिले कोरोना जित्नु हामीले महामारी माथि विजय गरेको जस्तै हो । त्यसैले कोरोना संक्रमितलाई सहानुभूति दिलाऔँ । जितेर आउनेलाई हौसला प्रदान गरौ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २६ गते सोमबार