बाँकेमा थप ४२ मा कोरोना संक्रमण पुष्टि



कोहलपुर ।

बाँके जिल्लामा थप ४२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बिहीबार मात्रै ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १२ र १५ का दुई जना र जानकी गाउँपालिकाका ४० जनामा कोरोना पुष्टि भएको उनले बताए । श्रेष्ठका अनुसार सबै संक्रमितहरु क्वारेन्टिनमा रहेका व्यक्तिहरु हुन् । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको र सबै भारतबाट आएकाहरु भएको जनाइएको छ । यसको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन् ।

जानकीमा पहिलो पटक कोरोना संक्रमितहरु भेटिएका हुन् । उनीहरु गाउँपालिकाको वडा नम्बर १ का १५ देखि ३२ वर्ष उमेरसम्मका रहेका छन् । बाँकेका बिहीबार रातीसम्म २ सय ५५ जनामा कोरोना संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालयका कोरोना रोग फोकल पर्सन श्रेष्ठले जानकारी दिए । अब बाँकेका आठ स्थानीय तहमध्ये सात वटामा कोरोना संक्रमितहरु भेटिसकिएका छन् । कोहलपुर नगरपालिकामा मात्र कोरोना संक्रमितहरु भेटिएका छैनन् । जिल्लामा अहिलेसम्म भेटिएका संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य नै रहेको छ । नरैनापुरका एक युवाको भने कोरोना संक्रमणका कारण नै क्वारेन्टिनमा नै मृत्यु भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २३ गते शुक्रबार