कोहलपुर/ बाँकेको अगैयामा भएको सवारी दुर्घटनामा मृत्यु भएका १२ जना चार वटा जिल्लाका नागरिक रहेको खुलेको छ । उनीहरु दाङ, सुर्खेत, सल्यान र रोल्पाका रहेको खुलेको हो । दुर्घटनामा ज्यान गुमाउनेमा दाङका दुई, सुर्खेतका तीन, रोल्पाका एक र सल्यानका ६ जना छन् । मृतकमध्ये चालक सुर्खेतका रहेको जानकारी प्रहरीले जनाएको छ । उनीहरुको सबैको परिचय खुल्न भने बाँकी छ ।
नेपालगन्जबाट दाङ हुँदै सल्यानतर्फ गइरहेको फोर्स गाडी रोकिराखेको ट्रकमा ठोकिदा ठोक्किदां १२ जनाको घटना स्थलमै ज्यान गएको थियो भने एक जनाको भेरी अस्पताल नेपालगञ्जमा उपचारका क्रममा आज सोमबार बिहान ज्यान गएको हो ।
प्रकाशित मिति : २०७७ जेठ १९ गते सोमबार









प्रतिक्रिया दिनुहोस्