दुई जना स्वास्थ्यकर्मीमा कोेरोेना पुष्टि



दाङ/  दाङ जिल्लामा पहिलो पटक स्वास्थ्यकर्मीमा कोेरोना भाइरसकोे संंक्रमण देखिएकोे छ । देउखुरीको गढवा गाउँपालिका–६ मा रहेको जनता माध्यामिक विद्यालयको क्वारेन्टाइनमा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको हो । उनीहरु मध्ये लमही नगरपालिका–१ का ४० बर्षीय पुरुष र राप्ती गाउँपालिका–८ निवासी ३६ बर्षीय पुरुष रहेका छन । आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको कोरोना परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो । दुई जना स्वास्थ्यकर्मीसहित चार जनामा आइतबार कोरोना भाइरसको संक्रमण देखिएको गढवा गाउँपालिकाले जनाएको छ ।

गढवा गाउँपालिकाले आफ्नो आधिकारी फेसबुक पेजमार्फत दुई जना स्वास्थ्यकर्मीसहित चार जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएको छ । अन्य दुई जना गढवा गाउँपालिका–६ निवासी ३६ बर्षीय र वडा नं. ७ निवासी २४ बर्षीय पुरुषहरु रहेका छन । उनीहरु भारतबाट आएको गाउँपालिका अध्यक्ष सहजराम यादवले जानकारी दिएका छन । आइतबार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षणका क्रममा ९ जनाको रिपोर्ट पोजेटिभ आएको प्रतिष्ठानले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १९ गते सोमबार