बाँकेको अगैया दुर्घटनाका थप एक जनाको उपचारका क्रममा मृत्यू



कोहलपुर/  बाँकेको अगैया नजिकैको जंगलमा भएको सवारी दुर्घटनामा घाइते २२ जना मध्ये थप एक जनाको उपचारका क्रममा ज्यान गएको छ । आइतबार राती नेपालगञ्जबाट छिमेकी जिल्ला दांग जादै गरेको यात्रु बाहक फोर्स गाडी दुर्घटना हुँदा ११ घटना स्थलमै ११ जनाको ज्यान गएको थियो ।

आज सोमबार बिहान उपचारका क्रममा नेपालगञ्जस्थित भेरी अस्पतालमा थप एक जनाको ज्यान गएपछि मृतकको संख्या १२ पुगेको छ । अन्य घाईते २१ जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ । उनीहरुमध्ये ३ जनाको अवस्था गम्भिर रहेको अस्पतालले जनाएको छ ।

उक्त मिनी बस जंगलमा ट्रक सँग ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । मिनी बसमा भारतबाट आएका मानिसहरु सवार थिए । फोर्स गाडीमा चालक समेत गरि सवार ३३ जना सवार रहेका बताइएको छ । आइतबार राती करीब ११ बजे बाँकेको शमशेरगंज र अगैयाको बीच जंगलमा सडक किनारामा रोकी राखेको ट्रकमा ठक्कर दिएको हो ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १९ गते सोमबार