बाँकेका थप १० जनामा कोरोना पुष्टि



कोहलपुर :
बाँकको थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहिबार १६ जनामा कोरोना संक्रमण देखिएको बाँकेमा थप १० जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार सबै जना यहाँको डुडुवा गाउँपालिका पुरुष रहेका छन् ।

उनीहरुको १७ वर्ष देखि ४० वर्ष उमेर समूहका रहेका छन् । प्रदेश पाँच कुल संक्रमितको संख्या ४ सय ३३ जना रहेका छन् । यहाँका ९ जिल्लामा कोरोना देखिएको छ । कुल संक्रमितको संख्या १ हजार २ सय १० पुगेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १६ गते शुक्रबार