कि तस्कर रहदैन कि म रहदैन : प्रमुख जिल्ला अधिकारी कुरुवाम्ङ



कोहलपुर ।

बाँके जिल्लाका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले बाँके जिल्लामा अब तस्कर पूर्ण रुपमा रोक्ने बताए । शुक्रबार कोहलपुर उद्योग वाणिज्य संघको औपचारीक कार्यक्रममा बोल्दै कुुरुम्वाङले कि तस्कर रहन्छ कि म रहन्छु ।

अहिले विश्वमा फैलिएको कोरोना महामारी रोकथाम र नियन्त्रण गर्ने कार्य मेरो पहिलो काम हो । सबै किसिमका तस्किरी निर्मूल पार्ने बताउँदै खाद्य मिसावट, कालोबजारी, गोरु तस्कर, कुखुरा तथा माछा लगायतका अवैद्य कार्य पूर्ण रोक्ने प्रतिबद्धता जनाए ।

बाँके जिल्लाको कोरोना संक्रमणको हटस्पोट क्षेत्र नरैनापुर क्षेत्रबाट कोहलपुर आएको समयमा उवासंघको औपचारीक कार्यक्रममा उनले यस्तो बोलेका हुन् । नरैनापुर क्षेत्रका क्यारेन्टाइन र बजार समेत अनुगमन गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १६ गते शुक्रबार