कोहलपुर ः
बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ११ लोक नगरका स्थानीयले लकडाउनको समयमा आफूहरुलाई भोकभोकै परेको र सरकारले नहेरेको भन्दै आन्दोलन गरेका छन् ।
करिब १ सय जनाको समूहका आएका लोकनगरका स्थानीयहरुले वडा नम्बर ११ को कार्यालयमा धर्ना दिएका हुन् । उनीहरुले सरकारले जारी गरेको लकडाउनका कारण आफुहरु समस्यामा परेकोले आन्दोलन गर्न बाध्य भएको बताएका हुन् ।
जेष्ठ महिनाको टन्टलापूर्ण घाममा उनीहहरु विहान १० बजे नै वडा कार्यालय आएका थिए । रोग भन्दा पनि भोकले मरिने भन्दै वडा कार्यालयले आफूहरुलाई हेर्नु पर्ने उनीहरुको माग रहेको छ ।
करिब २ हजार जति जनसंख्या रहेको लोकनगरमा काम गरि खाने वर्ग मात्रै छ । उनीहरु बच्चा, महिला र बृद्धबृद्धाहरु सहित आएका छन्् । तर अहिले सम्म वडा कार्यालयका कोही पनि त्यहाँ आएका छैनन् । केही संख्यामा प्रहरी परिचालन गरिएको छ ।
फोटोहरु हेर्नु होस
कोहलपुर ११ को अगाडी लोकनगरका स्थानीय













प्रतिक्रिया दिनुहोस्