कोहलपुर :
बाँकेको नरैनापुर गाउँपालिकामा थप २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नरैनापुरको मदरसा क्वारेन्टाइनमा रहेको ६ जना, नरैनापुर ३ मा रहेको राष्टिय मावि क्वारेन्टाइनमा रहेका १५ जना र नरैनापुरका १ का २२ देखी ५५ वर्षका ६ जना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा परिक्षण गरिएको थियो ।
यस्तै बर्दियामा एक १९ वर्षीय पुरूष र सुर्खेतमा दुई पुरूष र एक महिला गरी तीन जनामा पनि कोरोना भाइरस संक्रमण देखिएको छ ।
उनीहरू सबैको पीसीआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा एकैदिन थप ६८ जनामा कारोना भाइरस संक्रमण पुष्टि भएको छ ।
प्रकाशित मिति : २०७७ जेठ १० गते शनिबार









प्रतिक्रिया दिनुहोस्