नेपालगञ्ज ।
नेपालमा थप २० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या ५०७ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा कैलालीका ३ जना, डडेलधुराका १ जना, बैतडीका १ जना, भेरी अस्पतालका बाँकेका १४ जना र कोशी अस्पतालका मोरङका १ जना पुरुष रहेका छन् ।
बाँकेका १४ जनामध्ये १८ वर्षीय पुरुष राप्ती सोनारी गाउँपालिका ९ का हुन् भने बाँकी १३ जना नरैनापुरका हुन् ।
प्रकाशित मिति : २०७७ जेठ ९ गते शुक्रबार









प्रतिक्रिया दिनुहोस्